कतारी राष्ट्रिय टिमको आज भब्य स्वागत हुँदै

युएईमा आयोजना भएको १७ आै एएफसी एसियन कपको उपाधी जित्न सफल कतारी राष्ट्रिय फूटबल टिमको आज भब्य स्वागत गरिने भएको छ ।
खेलाडीहरु आज बेलुका ४ बजे भित्र कतार आइपुग्ने कतार फूटबल एसोसिएसनले जानकारी दिएको छ । स्वागत कार्यक्रम दोहास्थित कर्नेशमा ठिक ६:१५ बजे हुने बुझिएको छ ।
त्यस्तै आन्तरिक मन्त्रालयले पनि खेलाडीहरुको स्वागत गर्न ५:३० बजे भित्र कोर्नेश आइसक्न सबैलाई आग्रह गरेको छ ।

खेलाडीहरुको स्वागत गर्न पुरानो अमिरी एयरपोर्ट देखि कर्नेश हुँदै शेराटन पार्क सम्म मोतरसाइकल र्याली गर्ने तयारी पनि हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो