बिज्ञापन

आफ्नै घरमा झिलीमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

दाङ, कात्तिक २१-

झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। तिहारको समयमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर आज (बुधबार) बिहान दाङको तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आफ्नै घरमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा श्रेष्ठलाई करेन्ट लागेको थियो।

उनको उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button