ईदमा दश दिन सरकारी बिदा

क्यूएनए

ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद अल अधा (बक्र इद) को लागि अमिरी दिवानले बिदाको अवधि तोकेको छ।

सरकारी कार्यालय

घोषणा अनुसार मन्त्रालय,सरकारी तथा सार्वजनिक संस्थाहरुको ईदको बिदा अगष्ट ३१,बिहीबार बाट सेप्टेम्बर ९ सम्म रहनेछ भने कर्मचारीहरुले सेप्टेम्बर १० देखि काम सुरु गर्नेछन्।

बैंक

कतार केन्द्रिय बैंक र कतार वाणिज्य संस्थाहरूको अन्तर्गतमा रहेका सम्पूर्ण वित्तीय संस्थाहरूको बिदा केन्द्रिय बैंकको गभर्नरले तोक्ने कतार न्युज एजेन्सीले जनाएको छ।

निजी संस्था

त्यस्तै निजी कम्पनीहरुले भने प्रायजसो दुई देखि तीन दिन वा कामको अवस्था हेरेर ईदको बिदा तोक्ने चलन रहेको छ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button