नेपाल र श्रीलंका बिचको खेल बराबरीमा

पाँचौ एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपालको चौथौ खेल बराबरी टुङ्गिएको छ । हिजो राती अल थुमामा स्थित कतार बिकास विभागको टेक्निकल मैदानमा प्रतिद्धन्द्धी श्रिल्रंका संग भएको खेल निर्धारित समयमा दुबै पक्ष बाट गोल हनु नसक्दा बराबरीमा टुङ्गिएका हो ।
खेल संगै नेपाल १० अकंका साथ समुह बी मा दोस्रो स्थानमा छ भने श्रीलंका १० अकंकै साथ बढी गोल अन्तरले शीर्ष स्थानमा रहेको छ ।
नेपालले आगामी शुक्रबार अप्रिल ७ तारिख सिङ्गापुर संग साबिककै मैदानमा राती ९ बजे लिग चरणको अन्तिम खेल खेल्दैछ ।
