धराने आउट अफ धरान,कतारको दोस्रो साधारण सभा सम्पन्न

वैदेशिक रोजगारीको शिलसिलामा कतारमा कार्यरत पुर्वकै परिचित शहर धरानवासीको साझा संस्था धराने आउट अफ धरानको दोस्रो साधारण सभा काजिमान राईको सभापतित्वमा सनैयन स्थित ग्रिन रेष्टुरेन्ट मा सुनसरी सृजना परिवारको अध्यक्ष नरेश श्रेष्ठको प्रमुख अतिथ्यतामा १९ मे २०१७ का दिन शुक्रबार सम्पन्न भएको छ ।

उक्त साधारण सभामा मोरङ्ग,सुनसरी सेवा समाजका अध्यक्ष योगेन कार्की,महेन्द्रनगर सुनसरी सेवा समाजका अध्यक्ष नारायण सुबेदी,सृजनशिल इन्भेष्टमेन्ट कम्पनीका वित्तिय अधिकृत बिनोद कट्टुवाल,मोरङ्ग सुनसरी बचत तथा ऋण समुहका लोक बहादुर तामाङ्ग,पत्रकार महासंघ कतार शाखाका सचिव नवराज वि.क लगायतका विशेष अतिथीहरु रहेका थिए ।
प्रमुख अतिथीको हात बाट ब्यानर अनावरण गर्दै राष्ट्रिय गान बाट औपचारिक कार्यक्रमको शुरुवात गरिएको थियो । उद्धघाटन कार्यक्रम संस्थाका उपाध्यक्ष भिम बराइलीले स्वागत मन्तब्य राखेको थिए ।

कार्यक्रम संचालन सहित महासचिव युवराज लिम्बुले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रममा पत्रकार नवराज वि.क सहित इन्दिरा के.सी,उर्मिला राई,उर्मिला याख्या (फागो) विष्णुमाया तामाङ्ग,यादव भट्टराई लाई मायाको चिनो द्धारा सम्मान गरिएको थियो ।

संस्था द्धारा संञ्चालित बचत तथा ऋण लगानी बाट प्राप्त लाभांश लाई शेयर सदस्यलाई वितरण गरिएको थियो । त्यस्तै प्रमुख अतिथी नरेश श्रेष्ठले संस्थाले छोटो समयमा नै राम्रो र उत्कृष्ट कार्य गरि सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याएकोमा खुशी व्यक्त गर्दै अगामी दिनमा अझ बढी सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।

दोस्रो साधारण सभा बाट सर्वसहमतिमा अध्यक्ष काजीमान राई,प्रथम उपाध्यक्ष भिम बराइली,द्धितिय उपाध्यक्ष अरुण के.सी,महासचिव युवराज लिम्बु,सचिव बिक्रम श्रेष्ठ,कोषध्यक्ष विष्णुमाया तामाङ्ग,सह कोषाध्यक्ष सन्दिप न्यौपाने,सदस्यहरु खड्ग फागो,यादव भट्टराई,राजकुमार मगर,नगेन्द्र कट्टुवाल,सन्तोष काफ्ले,पिङ्कल सुब्बा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button