“कतारको श्रम एेन” पुस्तकको बिमोचन कार्य सम्पन्न
प्रोफेसर रमजान अलि मिया द्वारा नेपाली भाषामा अनुवादित कतारको परिवर्तित नँया “श्रम कानुन एेन” पुस्तक को बिमोचन कार्य सम्पन्न भएको छ ।शुक्रबार नेपाली मुस्लिम समाज कतारको तेस्रो महाधिवेशन कार्यक्रम बिच मुस्लिम संघर्ष गठबन्धन नेपालका संयोजक समिम मिया अन्सारी ,महासचिब जाकिर हुसेन,कार्यबाहक राजदुत मनिरत्ण शर्मा लगायत का अतिथिहरु बाट पुस्तक बिमोचन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रो. मियाले नेपालका लागी कतारी राजदुत युसुफ मोहम्मद अल हेल, राजदुतावास परिवार,त्रिभुवन बिस्वबिद्यालय र बिश्व भाषा क्याम्पस का भाषा बिधहरुको सहयोग ले नै यस पुस्तकले पूर्णता पाएको बताउनु भयो ।
सुरुवात देखि नै कतारी भाषाका पुस्तकहरुलाई नेपालीमा अनुवाद गरि नेपाली जनसमुदायमा पुर्याउने प्रेरणा दिने नेपालका लागी कतारी राजदुत युसुफ मोहम्मद अल हेल को सहयोग लाई प्रो. मियाले विशेष धन्यवाद दिनुभयो। त्यस्तै यस्ता कार्यहरुले दुइ देश बिच रहिआएको पारस्पारिक सम्बन्धमा नँया आयाम थपिने मा आफु बिश्वस्त रहेको उहाँले थप्नुभयो ।
प्रो. मियाले यस अघी २००४ को श्रमिक कानुन र २००९ को आवास तथा आप्रवास कानुन को नेपाली अनुवादित पुस्तक प्रकाशित गरी सक्नुभएको छ ।
हाल लाई नमुना मात्र बिमोचन गरिएको उक्त पुस्तक चाडै नै नेपाल स्थित कतारी राजदुताबासको सहयोग मा अझै गुणस्तरीय ढड्गले प्रकाशित गरिने कार्यक्रममा जानकारी गराईएको थियो ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।