आज मार्च ५ तारिख ।सोमबार।फागुन २१ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च ५ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन २१ गते। सोमबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– चतुर्थी, २७:०५ बजेउप्रान्त पञ्चमी। नक्षत्र– चित्रा, २२:४१ बजेउप्रान्त स्वाती। योग– वृद्धि, २१:१३ बजेउप्रान्त ध्रुव। करण– वव, १५:०६ बजेदेखि वालव, २७:०५ बजेउप्रान्त कौलव। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– कन्या, १०:२७ बजेउप्रान्त तुला।
दोहामा सूर्योदयः ०५:५३ बजे र दोहामा सूर्यास्तः १७:३७ बजे हुनेछ ।
राहुकालः ०७:२४ देखी ०८:५१ बजे सम्म । शुभ मुहूर्त : ११:२२ देखी १२:०८ ।
दोहाको मौसम
आज दोहाको उच्च तापक्रम २८ डिग्री र न्युनतम तापक्रम १४ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ५६ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ७२ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६४.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५४.०० कतारी रियाल रहेको थियो ।
