अप्रिल १४ तारिख कतारमा “जात्रा”



नेपाली नयाँ वर्ष २०७४ को अवसर पारेर कतारमा नेपाली कथानक चलचित्र “जात्रा” प्रर्दशन हुने भएको छ । आउँदो शुक्रबार अप्रिल १४ तारिख गान्ड मल स्थित एसियन टाउन सिनेमाको हल नं ३ मा चलचित्र प्रर्दशन हुन लागेको हो  । चलचित्रको टिकट दर भने ३५,५० र ७५ रहेको छ ।

नेपालमा यसअघि सफल प्रर्दशन भएको “जात्रा” पैसाको विषयबस्तु वरपर रहेर बनेको हास्य तथा भावनात्मक कथामा आधारित चलचित्र हो । चलचित्रमा बिपिन कार्की,रविन्द्र सिंह बानिया,रबिन्द्र झा,वर्षा राउत लगायतका कलाकारहरुको भुमिका रहेको छ । चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन ।

चलचित्रलाई कस्तो राम्रो इभेन्ट्सले कतारमा ल्याउन लागेको हो । टिकट बुकिङ्ग तथा थप जानकारीको लागी ५०९१६३८७ र ३०९४०९८४ मा सम्पर्क गर्न सकिनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button