नेपाली नयाँ वर्षका लागि कतारमा तिन भब्य कार्यक्रम हुँदै

नयाँ वर्ष २०७४ को आगमन संगै सन्सार भरि छरिएर बसेका नेपालीहरुले बिभिन्न कार्यक्रम गरेर नयाँ वर्ष  दिन मनाउने गरेका छन् । कतारमा पनि नयाँ वर्ष मनाउन यस पाली ३ भब्य कार्यक्रम हुने तय भएको छ ।  नँया वर्षका लागि कतारमा आयोजना हुने कार्यक्रमहरु यस्ता छन्

बिहीवार : नेपाली न्यु इएर नाइट २०७४

बिक्रान्त कार्की र बिष्णु कार्कीको संयुक्त आयोजनामा  अप्रिल १३ तारिख नयाँ वर्षकै दिन बिहीवार नेपाली न्यु इएर नाइट २०७४ हुँदैछ । कार्यक्रममा सहभागी हुन नेपाल बाटै चर्चित पप गायक भरत सिटौला,बादल प्रसाई,बिजय लामा,मनिषा सापकोटा,देविका के.सी गुरुङ्ग,सपना के.सी उद्घोषक शुसिल नेपाल र विबेक खतिवडा नेपाल बाट आउँदैछन् । कार्यक्रम दोहा स्थित गल्फ होराइजन होटलमा बेलुका ८ बजे बाट सन्चालन हुनेछ । कार्यक्रमको टिकट दर भने ७० रियाल रहेको छ । कार्यक्रम बारे थप जानकारीको लागि ७७१९२३२५ र ३१५३६८९५ मा सम्पर्क गर्न सकिनेछ ।

शुक्रबार : नेपाली कथानक चलचित्र “जात्रा” को  प्रर्दशन

नेपाली  नयाँ वर्षको दिन २०७३ को उत्कृष्ट ३ मा पर्न सफल चलचित्र जात्रा प्रर्दशन हुँदैछ । नेपाली  नयाँ वर्षको दिन ग्राण्ड मल स्थित एसियन टाउन सिनेमाको हल नं ३ मा चलचित्र बिहान ११ बजे बाट प्रर्दशन हुनेछ । प्रदिप भट्टराई द्धारा निर्देशित चलचित्रमा बिपिन कार्की,वर्षा राउत,रबिन्द्र सिंह बानिया लगायतको मुख्य भुमिका रहेको छ । चलचित्रको टिकट दर ३५,५० र ७५ रियाल रहेको छ ।चलचित्र लाई कस्तो राम्रो इभेन्ट्स ले कतारमा ल्याएको हो । टिकट बुकिङ्ग तथा थप जानकारीको लागि ५०९१६३८७ र ३०९४०९८४ मा सम्पर्क गर्न सकिनेछ ।

शुक्रबार : बसन्त फिल्मस् प्रा.लि को तेस्रो विविध साँस्कृतिक कार्यक्रम 

नेपाली नयाँ वर्षकै दिन बसन्त फिल्मस् प्रा.लि ले शुभकामना आदानप्रदान तथा तेस्रो विविध साँस्कृतिक कार्यक्रम गर्दैछ । कार्यक्रममा सहभागी हुन नेपाल बाट वरिष्ठ दोहोरी गायक भगवान भण्डारी,जुना श्रीष मगर चर्चित हास्य कलाकार यादव देवकोटा सरापे जस्ता कलाकारहरु नेपाल बाट आउँदैछन् । कार्यक्रम दोहा स्थित गल्फ प्याराडाइज होटलमा बिहान ११ बजे बाट सन्चालन हुनेछ भने टिकट दर ३५ र ५० रियाल रहेको छ । कार्यक्रम बारे थप जानकारीको लागि ५५३४७९५७ र ३३५४८२९५ मा सम्पर्क गर्न सकिनेछ ।


Advertisement : नेपाली चलचित्र जात्रा

कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button