पछिल्लो वर्षहरुमा भन्दा यो वर्ष गर्मी बढि हुने

पछिल्लो वर्षहरुमा भन्दा यो वर्ष कतार लगायतका खाडी मुलुकहरुमा गर्मी धेरै हुने भएको छ । कतारको मौसम पूर्वानुमान शाखाको अनुसार यो वर्षको अप्रिल,मे र जुन महिनामा गर्मी धेरै हुने संम्भावना ६० देखि ७० प्रतिशतले रहेको छ  । पुर्व हुँदै दक्षिण पुर्वी तर्फ वहने प्रचलित वायु को कारण देशभर तापक्रम बढ्ने देखिएको हो ।

त्यस्तै शाखाले अप्रिल २१ देखि मे ४ सम्म को समयमा कतारमा वर्षाको संम्भावना रहेको जानकारी गराएको छ तर वर्षा भएतापनि तापक्रम नघट्ने शाखाले थपेको छ ।

अप्रिल महिनाभर दोहा को उच्च तापक्रम ३३ डिग्री सम्म रहने र बाँकी स्थानहरुको उच्च तापक्रम ३५ देखि ४५ डिग्री सेल्सियस सम्म रहनेछ । बढ्दै गरको गर्मी मौसम बाट बच्न प्रशस्त पानी पिउन र सिधा घाम बाट बच्न शाखाले अनुरोध समेत गरको छ ।

 

गर्मी मौसममा अपनाउनु पर्ने सुरक्षाका उपायहरु

१.कामको समयमा बाहेक अरुबेला सके सम्म  अनाबश्यक घुमफिर वा किनमेलको लागि बाहिर ननिस्कने,निस्कनै परे पनि क्याप,ह्याट,सन ग्लास र शरिरको सबै अंग छोपिने कपडा लगाउने।

२.६ देखी ८ घण्टा अनिवार्य रुपमा सुत्ने र अनिदोमा बाहिर ननिस्कने।

३.धुम्रपान, मध्यपान र लागु औषधको सेबन नगर्ने। इनर्जी ड्रिङ्गस र चिया कफी कम पिउने।

४.बाहिरबाट आउने बित्तिकै पसिना नसेलाउदै लगाएको कपडा परिवर्तन नगर्ने तथा बाहिरबाट आउना साथ ननुहाउने।

५.खाना खाने बित्तिकै वा नुहाउने बित्तिकै नसुत्ने।

६.कोठा तातो भयो भनेर सुत्नु अघी एसी धेरै चिसो नबनाउने, सके सम्म एसीलाई २२(२४ डिग्री सम्म मात्र राख्ने।

७.पानी धेरै पिउने।सके सम्म हरिया तरकारीहरु, फलफुल बिशेष गरी खरबुजा, तरबुजा खाने ,जुसहरु बढी पिउने।

८.रमादान बाहेकका समयमा बाहिर निस्कदा सधैं पानी साथमा राख्ने।

९.धेरै गर्मी भयो भनेर धेरै चिसो पेय पदार्थ नपिउने, किनकी गर्मीमा टनसिलले छिट्टै समाउन सक्छ।

१०. यदी तपाईंले १२ घण्टा भन्दाबढी लगातार काम गरिरहनु भएको छ भने पानीको मात्रा बढाउनुस र आफुलाई सके सम्म कम तनाबमा राख्नुस।

११.तपाईंलाई ब्लड प्रेशर, ब्लड सुगरको समस्या छ भने र औषधी सेबन गरिरहनु भएको छ भने समय समयमा परिक्षण गरिरहनुस।

 


कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button