फोरम लोकतान्त्रिक र थारुहट तराई पार्टीबीच एकीकरण

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र थारुहट तराई पार्टी नेपालबीच आज पार्टी एकीकरण भएको छ ।
विजयकुमार गच्छदारले नेतृत्व गरेको पार्टी फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम थारुले नेतृत्व गरेको थारुहट तराई पार्टी एकीकरण भएको हो ।
एकीकरणपछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राख्ने भनिए पनि महाधिवेशनपछि मात्र नेपाल लोकतान्त्रिक पार्टी राख्ने सहमति भएको सांसद रामजनम चौधरीले जानकारी दिनुभयो ।
जनताको हितका लागि फुटेरभन्दा पनि जुटेर काम गर्नुपर्ने मनसायका साथ पार्टी एकीकरण भएको थरुहट तराई पार्टी नेपालका महासचिव मीनराज चौधरीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो