बर्शिमले दिलाए स्वर्ण

आईएएएफ च्याम्पियनसिप अन्तर्गत पुरुष तर्फको हाई जम्पमा कतारका मुस्ताज इस्सा बर्शिमले स्वर्ण पदक हात पारेका छन् । शुक्रवार खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा बर्शिमले दुर्इ रुसी खेलाडीलाई पछि पार्दै कतारलाई पहिलो स्वर्ण दिलाउन सफल भए ।

उनले २.३७ मिटर जम्प गरेका छन्  । उनका दुर्इ रुसी प्रतिद्धन्द्धी मिखैल र इल्याको २.३५ मिटर जम्प रहेको थियो ।

निशुल्क टिकट वितरणका कारण पनि अन्य दिन भन्दा हिजो दर्शकहरुको चाप बढी रहेको थियो । बर्शिमको खेल हेर्न अमिर शेख तमिम बिन हमाद अल थानीको समेत रंगशाला पुग्नुभएको थियो ।

कर्नेश रोड बन्द हुने

आईएएएफ च्याम्पियनसिप अन्तर्गत म्याराथन खेलका लागि आज पनि कर्नेश रोड बन्द हुँदैछ । शेराटन होटल देखी ग्रान्ड हमाद सम्मको रोड बेलुका ६ देखी भोली बिहान ५ बजे सम्मका लागि बन्द रहने आन्तरिक मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button