भेनेजुएलामा राजनीतिक संकट, सरकारविरोधी प्रदर्शनमा गोली प्रहार

भेनेजुएलामा राजनीतिक संकट चुलिएको छ । सरकारविरोधी प्रदर्शनमा सरकारले गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक किशोर र एक महिला हुन् ।

देशभरमै राष्ट्रपति निकोलस माडुरोको विरोधमा भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको हो । किशोरको राजधानी काराकासमा र महिलाको कोलम्बियाको बोर्डर नजिक सान क्रिष्टोबालमा मृत्यु भएको हो ।

लाखौं नागरिक सरकारविरोधी आन्दोलनमा सडकमा ओर्लिएका थिए ।

राष्ट्रपति माडुरोले विपक्षीहरु प्रहरीलाई आक्रमण गर्न आएको र पसलहरु लुटपाटमा संलग्न भएकाले कार्वाही गर्नुपरेको जनाएका छन् । उनले ३० बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको जनाएका छन् ।

विश्वकै सबैभन्दा बढी तेल रहेको भेनेजुएला भने वर्षौंदेखि विविध अभावमा रुमलिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button