भारतीय व्यापारी विजय मालिया प्रकाउ

लन्डन— विवादास्पद भारतीय व्यापारी विजय मालियालाई बेलायतको राजधानी लन्डनमा प्रकाउ गरिएको बेलायती प्रहरीले बताएको छ । उनलाई लन्डन महानगरीय प्रहरीको सुपुर्दगी विभागले ठगीको आरोपमा भारतीय प्रशासनको आग्रहमा प्रकाउ गरेको बताइएको छ ।

भारतले मालियाको रुग्ण किङ्फिसर एयरलायन्समार्फत आर्थिक अनियमिता गरेको आरोपमा उनलाई सुपुर्दगी गर्न बेलायतसमक्ष माग गर्दै आइरहेको थियो ।

प्रकाउ परेका मालिया क्रिकेट र मोटर रेसिङसमेतको इच्छा राख्ने व्यक्ति रहेको बिबिसीले जनाएको छ । उनलाई बैंकको छ सय मिलियन पाउण्ड स्टेलिङ बराबर ऋण रहेको बताइएको छ तर मालियाले भने आफूले कुनै गल्ती नगरको बताउँदै आएका छन् ।

मालियालाई वेस्टमिन्सटर म्याजिस्ट्रेसको अदालतमा मंगलबार अबेर उपस्थित गराइएको छ ।

मालियाले किङ्फिसर ब्राण्डमा नागरिक उड्डयन र फर्मुला वान रेसमा व्यापारमा सफलता प्राप्त गरेका थिए । उनी एफ् वान टिम फोर्स इन्डियाका सह–मालिक र इन्डियन प्रिमियर लिग क्रिकेट आधिकारिक क्लब रोयल च्यालेन्जर्स बैंगलोरका मालिकसमेत हुन् ।

नागरिक उड्डयनमा रहेको उनको किङफिसर एयरलायन्स भने सन् २०१२ मा ग्राउन्डेड भएको थियो र उसको उडान अनुमति पनि त्यहि वर्ष खारेज भएको थियो । लगातार पाँच वर्षसम्म घाटामा गएपछि र ऋणदाताहरुले नयाँ ऋण थप्न अस्वीकार गरेपछि किङफिसर खारेज भएको थियो ।

गत वर्षको मार्च महिनामा बेलायती ड्रिंक्स कम्पनीबाट छुट्टिदाँ पाउनुपर्ने ७५ मिलियन अमेरिकी डलर लिनबाट पनि मालियालाई रोकिएको थियो । कम्पनीबाट निकालिएपछि उनले उक्त रकम पाउन लागेका थिए तर उनलाई ऋण दिएका बैंक र लगानीकर्ताले मालियाले लिएको ऋण तिर्न उक्त रकम खर्च गनुपर्ने माग गरेका थिए । गत वर्षको अप्रिल महिनामा भारत सरकारले मालिएको राहदानी खारेज गरेको थियो । गत वर्षको मे महिनाबाट भारतले मालियालाई सुपुर्दगी गर्न बेलायतसँग माग गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button