सेमिफाइनलमा शुक्रबार नेपाल र जोर्डन भिड्दै


कतार फुटबल एशोसियसन द्वारा आयोजना भईरहेको पाँचौ एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले आज जोर्डन सँग प्रतिस्पर्धा गर्दैछ । आज शुक्रबार अल हिलाल स्थित द मल संगै रहेको अल अह्रली फुटबल क्लबको मैदानमा खेल राती ८:३० बजे बाट सुरु हुँदैछ ।
नेपालले यस अघि क्वाटरफाइनल खेलमा इंडोनेशियालाई ३-१ ले हराएको थियो भने लिग चरणको खेलहरुमा जापानलाई १०-०,मलोसिया लाई २-१ ,फिलिपिन्स लाई २-० ले र सिङ्गापुर लाई ६-० ले हराएको थियो त्यस्तै श्रीलंका संग गोल रहित बराबरी खेलेको थियो।
नेपालले गत वर्ष जार्डन लाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो र फाइनलमा नेपाल उपविजेता बन्न सफल भएको थियो ।