कतारमा डब्लुडब्लुई रेसलरहरुको म्याच हुँदै

कतारमा क्युपिडब्लु सुपरस्लाम च्याम्पियनसिप अन्र्तगत विश्व प्रख्यात रेसलहरुको प्रतियोगिता हुने भएको छ । आउँदो अप्रिल २८ तारिख दोहा स्थित अलि बिन हमाद अल अत्तिया एरिना मा हुने प्रतियोगिता बेलुका ८ बजे बाट सुरु हुनेछ । दर्शकहरुको प्रवेशका लागि भने ६ बजे बाट नै गेट खुल्ला गरिने जानकारी गराइएको छ ।
प्रतियोगितामा विश्व प्रख्यात रेसलहरु बुकर्टी,रे मिस्टेरियो,जोनी मुन्डो,क्रिस राबेर,कतारी रेसलर अलि अल नैमी सहित जम्मा २५ रेसलहरुको सहभागिता रहनेछ ।
सन् २०१३ मा स्थापना भएको कतार प्रो रेस्लिङ्ग मध्यपूर्व एसिया कै पहिलो प्रो रेस्लिङ्ग प्रमोसन कम्पनी हो । कम्पनी द्धारा सन् २०१३ र २०१५ गरि कतारमा दुई सफल रेस्लिङ्ग प्रतियोगिता आयोजना गरिसकेको छ ।
कतार प्रो रेस्लिङ्ग द्धारा आयोजना हुने प्रतियोगिताको टिकट शुल्क भने ५०(ब्रोन्ज),१५०(सिल्भर),३५०(गोल्ड),५००(भिआईपी) गरि तोकिएको छ । टिकट अनलाइन मार्फत बुकिङ्ग गर्न सकिनेछ । टिकटको लागि https://www.aynatickets.com/event/eventdetail/60
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।