‘बाहुबली टु’ हजार करोड कमाउने पहिलो भारतीय फिल्म
बक्स अफिसमा दैनिक नयाँ रेकर्ड सेट गरिरहेको एसएस राजामौलीको फिल्म ‘बाहुबली टु’ ले कमाईको नयाँ इतिहास रचेको छ । बाहुबली भारतको पहिलो फिल्म बनेको छ जसले संसारभरी १ हजार करोडको कमाई गरेको छ ।करण जोहरले आफ्नो ट्वीटर ह्याण्डलमा फिल्मले १ हजार करोड पार गरेको खबर दिँदै फिल्म भारतीय सिनेमाका लागि माइलस्टोन साबित भएको बताए ।
बाहुबली टुले ९ दिन भित्र नै यो आँकडा पार गरेका छन् । फिल्मले भारतमा ६ सय करोडभन्दा धेरैको कमाई गरेको छ भने विदेशमा लगभग २ सय करोडको कमाइ गरेको छ । फिल्मको हाउसफूल शो हेर्दा अंदाज लगाउन सकिन्छ कि यसले १५ सय करोडको आँकडा पार गर्ने सम्भावना देखिएको छ ।
फिल्मका नायक प्रभासले आफ्नो फेसबुक पेजमा आफ्ना प्रशंसकलाई फिल्मको सफलता र उनीहरुलाई प्रेमको लागि धन्यवाद भन्दै विशेष नोट लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो