१६ हजार बढी दर्शकले घेरीयो एशियन टाउन एम्फिथिएटर

 

ग्रान्ड मल संगै रहेको एशियन टाउन एम्फिथिएटरमा हिजो भब्य साङ्गितिक कार्यक्रम सम्पन्न भएको छ । नेपालको टेलिकम एनसेल र कतारको भोडाफोनको संयुक्त प्रस्तुतीमा आयोजना भएको रमाइलो जमघट नामक कार्यक्रम को मनोरन्जन लिन १६ हजार भन्दा बढी दर्शकहरुको ओहोरो लागेको थियो ।

कार्यक्रमको लागि नेपालबाट चर्चित आधुनिक गाएक शिब परियार,लोक दोहोरी गाएक पशुपति शर्मा,नायक प्रियंका कार्की हास्य कलाकार विल्सन बिक्रम राई तक्मे बुढा र उद्घोषक सन्जय गुप्ता कतार आएका थिए । प्राविधिक कारणबस आधुनिक गाएक प्रमोद खरेलको भने उपस्थिति रहेन ।

करिब साँझ ८ बजे बाट भएको कार्यक्रम गाएक पशुपति शर्माको प्रस्तुती बाट सुरुवात भएको थियो । शर्माले आफ्नो चर्चित गीतहरु झमझम दर्कियो पानी,चिन्ता छैन केही,बत्ती बाल्नै पर्दैन जस्ता आधा दर्जन गीतहरुबाट मनोरन्जन दिए ।
हास्यकलाकार तक्मे बुढाले पनि दर्शकहरुलाई पेट मिचीमिची हसाउन सफल भए । त्यस्तै नायक आर्यन सिग्देल र प्रियंका कार्कीको संयुक्त प्रस्तुती रहेको थियो ।

त्यस्तै कार्यक्रमको अन्त्यमा आएका गायक शिव परियारले भने दर्शकहरुलाई भरपुर मनोरन्जन दिए । क्या दामी भो,माया लाउने अल्लारे,पिलायो साथीले जस्ता चर्चित गीतहरु गाउँदा दर्शकहरु नाचेका थिए ।
कार्यक्रममा दर्जनौ दर्शकहरुलाई गिफ्ट ह्याम्पर,स्मार्टफोन,टि.भी जस्ता समाग्रीहरु पनि प्रदान गरिएको थियो । कार्यक्रममा प्रवेश निःशुल्क रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button