मे महिनामा तेलको भाउ घटबढ नहुने

आउँदो मे महिनाभर तेलको भाउमा घटबढ नहुने कतारको उर्जा तथा औधोगिक मन्त्रालयले जनाएको छ ।
मे महिनामा ९१–अक्टेन प्रिमियम पेट्रोलको भाउ प्रति लिटर १.६० कतारी रियाल,९५–अक्टेन सुपरको प्रति लिटर १.७० कतारी रियाल र डिजल को १.६० रियाल प्रति लिटर रहेनेछ।
गत वर्षको मे महिना देखि विश्व बजारको प्रतिकृया अनुसार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ । कतारमा तेलको भाउ बढेको छैठौ पटक भईसकेको छ ।