“तिमी भन्छौ” गीतको म्युजिक भिडियो सार्वजनिक

नेपाली चलचित्र बिर बिक्रमको गीत “सारे सारे” पक्कै सुन्नु भएकै होला, हो त्यही गीतको गायीका दीपा लामाद्धारा स्वरबद्ध “तिमी भन्छौ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। कतारको एस्पायर जोन तथा पर्ल कतारमा भबिन्द्र तामाङ् द्धारा छायकंन भएको यस गीतमा ‘गैर आवसिय नेपाली नृत्य तारा’ यशोधा बस्नेत र मोडल केशव भट्टराईको अभिनय रहेको छ। यसलाई भविन्द्र तामाङ्ले नै सम्पादन तथा निर्देशन गरेका हुन।
बिनोद गुरुङ को मेरो “कोसिस” नामक एल्बममा समावेश यस गीतमा गुरुङकै शब्द रहेको छ भने तारा प्रकाश लिम्बुले संगीत भरेका छन। गीतलाई सेल्फी टि.भीले पोष्ट प्रोडक्सन गरेको हो भने यसलाई सङ्ग्स नेपालले मे ४ तारिख युट्युब मार्फत सार्वजनिक गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो