नक्कली भिषा बेच्ने नेपाली नागरिकलाई तीन वर्षको जेल सजाय
३३ थान नक्कली ब्यवसायिक भिषाको निवेदन बनाई बेच्ने एक नेपाली नागरिकलाई दोहा अपराधिक अदालतले तिन वर्ष जेल सजायका साथै देश निकालाको फैसला सुनाएको छ।
लोकल अरबिक पत्रिका अर्रायाहको अनुसार उक्त नेपालीले आफ्नो मालिकको हस्ताक्षर नक्कल गरि आफ्नो आइडी को सहायताले भिषा निकाली बेच्ने गरेको पाईएको थियो। साथै डेढ वर्षको अवधिमा चार लाख बराबरको दुई सय थान भिषा बिक्री गरिसकेको थप अनुसन्धान बाट पत्ता लागेको छ।
सम्बन्धित निकायले कम्पनिको पुराना कागजातहरुको पुनराबोलकन गर्दा मात्र अपराध बारे पत्ता लागेको थियो।कम्पनी मार्फत अवैध रुपमा निकालिएका भिषा बारे प्रहरीमा खबर पठाईसकेको समाचारमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो