बढी बिल आउने समस्या हटाउन भोडाफोनले ल्यायो “बिल म्यानेजर”

सोचे भन्दा बढी बिल आउने समस्याको बढ्दो उजुरी पर्न थालेपछि भोडाफोनले “बिल म्यानेजर” सेवा सुचारु गरेको छ।यो वर्षको जनवरी देखि रेड पोस्पेड ग्राहकहरुमा मात्र सिमित यो सेवा अब भने सबै खाले पोस्टपेड सेवाहरुमा उपलब्ध भएको भोडाफोनले जनाएको छ।यो सेवा सुरु गरेपछि ग्राहकले सोचे भन्दा बढी बिल आउने समस्या बाट छुटकारा पाउनेछन।

आफुले प्रयोग गर्दै गरेको प्याक सकिएपछि यस बिल म्यानेजर सेवाले आफै उपयुक्त प्याक अपडेट गरिदिनेछ।साथै यो सेवा नि:शुल्क रहेको छ।आफ्नो प्याक सकिएर थप सेवा प्रयोग गरेको खण्डमा हाल कतारमा १ जीबी डाटाको एक हजार रियाल सम्म पर्दछ।तर बिल म्यानेजर सेवा प्रयोग गरे पश्चात यसले ७० रियालको ६ जीबी डाटा प्याक आफै अपडेट गरिदिनेछ।त्यस्तै सो सेवाले रोमि लगायतका सबै सेवाहरुमा काम गर्नेछ।

बिल म्यानोजर सेवा सबै नँया ग्राहाकहरुमा उपलब्ध छ।पुरानो पोस्टपेड ग्राहकहरुमा भने अब तिर्ने बिल पछि स्वत सुतारु हुनेछ।यसले हरेक अपडेटहरु ग्राहकको मोबाइलमा म्यासेज मार्फत जानकारी गराउनेछ।

त्यसका साथै यस सेवा “My vodafone app” बाट पनि हेर्न सकिनेछ।थप जानकारीको लागी www.vodafone.qa हेर्नु होला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button