रमादान महिना मे ६ बाट सुरु हुने

इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमादान महिना खिगोलिय हिसाब अनुसार यो वर्ष मे ६ तारिख सोमबार  देखि सुरु हुने अनुमान गरिएको गल्फ न्युजले लेखेकाे छ।

युएईको खगोल विज्ञ इब्राहीम अल जर्वनको अनुसार अर्ध चन्द्र ५ तारिख बेलुका बन्ने भएपनि सूर्यास्त पश्चात त्यो देखिने छैन। तसर्थ रमादान महिनाको पहिलो दिन ६ तारिख हुनेछ।

त्यस्तै विज्ञ जर्वनले वर्तको समय १३ घण्टा १० मिनेट देखि ४० मिनेट  सम्म रहने बताएका छन्। महिनाको पहिलो दिन फाज्र प्राथना बिहान ४:०५ र मग्रीब प्राथना बेलुका ६:५८ मा हुनेछ। यता कतार क्यालेण्डर हाउस बाट हालसम्म कुनै जानकारी सार्वजनिक भएको छैन।

यद्यपि इस्लामिक परम्परा अनुसार अर्धचन्द्रमा हेरेर मात्रै रमादान महिनाको घोषणा हुनेछ।

के हो रमादान महिना ?

ईस्लामीक पात्रो अनुसार हरेक वर्षको ९ औं महिनामा रमादान महिना पर्दछ, कूल ३५४ दिनको यस पात्रो पनि चन्द्रमाकै आधारमा रहेको छ । अरेबिक भाषाबाट लिइएको रमादान शब्दको अर्थ अत्यन्त गर्मी, तातेको जमीन, खाना तथा पानीको दुःख भएको समय भन्ने बुझाँउछ । 

ईस्लाम धर्मावलम्बीहरुको महान यस पर्वलाई जीवन अनि भोगाईहरुको पर्यायवाची पर्वका रुपमा लिन सकिन्छ । सबैभन्दा पवित्र अनि कृपाले भरिपूर्ण यस महिनाभरि ईस्लाम धर्मावलम्बीहरु सूर्यको उदय र अस्तको बिचमा केही खाँदैनन्, पानीसम्म नखाईकन गरिने यस निराहार रहेर रातीको समय अनि विहान घाम उदाउनु अगाडि खाने चलन छ, यसरी विहान खाने समयलार्इ सेहेरी भनिन्छ ।

यसरी बस्ने व्रतलाई रोजा भनिन्छ, रोजा बस्नाले वास्तवमै आत्मसन्तुलन, आत्मविश्वास अनि मानवीय तृष्णाहरुलाई सिमीत गरेर भक्तिभाव अनि पवित्रतातर्फ मन लगाउन सकिन्छ भन्ने विश्वास छ । साँझ विहान सपरिवार बसेर खाना खाइन्छ र यसरी खाना खानुलाई ईफ्तार भनिन्छ । यसरी ईफ्तारमा मुसलमान अनि अन्य समूदायका ईष्टमित्रहरुलाई पनि बोलाउने चलन रहन्छ । घरपरिवारबाट टाढा भएकहरुले मस्जिद, मदर्सा अथवा अन्य सामूदायीक स्थलहरुमा भेला भएर सामूहिक ईफ्तारमा सम्मेलीत हुने गर्दछन् ।

यसै महिनामा पैगम्बर मोहम्मदले पवित्र ग्रन्थ कुरान दिनुभएको विश्वास छ, यसै पवित्र कुरानको सम्झनामा पनि रमादान मनाइने गरिएको जनउक्तिहरु रहेकाछन् । रमादान भन्ने वित्तिकै केवल व्रत अनि रोजाका कुरामात्र नभई सामाजिक, सांस्कृतिक, चालचलन, अनि परापूर्वकालीन निरन्तरता अनि पवित्रताका अभ्यासहरुको समायोजन पनि हो । 

यस समयमा गरिने प्रार्थनाले भक्तजनहरू अल्लाहको अझै नजिक पुग्नसक्ने जनविश्वास गरिन्छ । कुरानका अनुसार आफ्नो नराम्रा कार्यहरू जस्तै अप्रिय बोली बोल्ने, झुठो बोल्ने, हिंसा गर्ने, गैह्र सामाजिक कार्य गर्ने, अर्काको अपमान गर्ने कोही यदि रमादानमा व्रत बस्दछ भने अल्लाहले उसलार्इ उसको व्रतको फल दिनुहुनेछैन । शरीर शुद्ध राख्ने, कसैलार्इ मुखले नराम्रो नबोल्ने, कसैको बारेमा नराम्रो नसोंच्ने, झूठ्ठा कुरा नगर्ने अादी अाचरणका कुराहरू रमादानका अनुशासन भित्र पर्दछन् । 

गर्भवती महिलाहरु, वृद्ध-वृद्धाहरू, रोगी मानिसहरु, बालबालिकाहरु लगायत कहिलेकाँहि विश्व स्तरीय खेल खेलिरहेका मुसलमान खेलाडीहरुलाई म्याचको दौरान रोजा छुट गर्ने चलन छ । यस अघिको विश्वकप फुटबलको बेला सन् २०१४ मा मुसलमान खेलाडिहरुलाई रोजा छुट गरिएको थियो । यसरी विशेष कारणवश छुटेको रोजा र्इद पश्चात अथवा रमादानकोबिचको समयमा रोजा बस्नुपर्दछ । तर जो शारीरिक अथवा अन्य विशेष कारणले रोजा पटक्कै बस्न सक्दैन उसले रमादान महिनाभरी दैनिक कम्तिमा एकजनालार्इ साँझको समय ग्रहण गरीने इफ्तार अनिवार्य गराउनुपर्छ, चाहे त्यो इफ्तारको रूपमा एक गिंलास पानि किन न होस्, यसबाट उसको रोजा सफल हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button