चलचित्र पत्रकार मनिष दाहाललाई धम्की,संघ द्वारा निन्दा

फिल्मीखबर डटकममा कार्यरत चलचित्र पत्रकार मनिष दाहाललाई समचारकै बिषयलाई लिएर धम्की आएको छ । उक्त धम्कीको बिरोध जनाउदै चलचित्र पत्रकार संघले सोमबार प्रेस बिज्ञप्ती जारी गरेको छ ।

संघले सदस्य दाहाल माथि समाचारको विषयलाई लिएर अपरिचित व्यक्तिले दिएको धम्कीप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाउदै दोषीलाई तत्काल कारबाही गर्न र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गरेको छ । पत्रकार दाहाललाई प्रर्दशनको तयारीमा रहेको ‘प्रेमगीत–२’ फिल्मलाई असर पर्ने गरी समाचार लेखेको भन्दै समाचार लेखेकै दिन शनिवार राती उनी माथि धम्की आएको थियो ।

आफुलाई नेपालगञ्जबाट सुरेश श्रेष्ठ बताउने व्यक्तले फिल्मविरुद्द समाचार लेखे जे पनि गर्न सक्ने भन्दै धम्काएको पत्रकार दाहालले संघले जानकारी गराएका छन् । प्रकाशित समाचारमा चित्त नबुझे वा गुनासो रहे त्यसउपर अपनाउनुपर्ने कानुनी वा वैधानिक बाटोलाई छाडेर पत्रकारमाथि भएको यस किसिमको धम्की प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो ।

संघका महासचिब अनिल यादबले जारी गरेको बिज्ञप्तीमा पत्रकारलाई आफ्नो पेशामा त्रसित र हतोत्साहित पार्ने यस्ता घटनाको संघ कडा शब्दमा निन्दा र भत्सर्ना गर्दछ भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button