कतारमा भाइरस : आज २२४ संक्रमित थपिए, हालसम्म मृत्युहुने को संख्या २०९ पुग्यो

पछिल्लो २४ घण्टामा कतारमा २२४ जनामा कोरोना संक्रमित भेटिएका छन् । सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
आज भाइरस देखिएका मध्ये २१४ जना स्थानीय र १० जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२२,९१७ पुगेको छ ।
त्यस्तै आज २०९ जना निको भएका छन् भने थप एकको मृत्यु पनि भएको छ । आज मृत्युहुने व्यक्ति उपचार भईरहेका ५५ बर्षिय नागरिक रहेको सार्वजनिक स्वास्थ्य मन्त्रालयले बताएको छ । कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २०९ रहेको छ र निको हुनेको संख्या १,१९,८२२ पुगेको छ ।
सार्वजनिक स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५,०५१ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे केही तथ्यांक
अस्पताल भर्ना भएका – ३६ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ४०५ जना
आईसीयुमा भर्ना भएका – ३ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ५९ जना
आज सम्म जाँच भएको संख्या – ७,१४,१८३ जना
अझै निको हुन बाँकीको संख्या : २,८८६ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न सकिन्छ ।