कतार न्युज एजेन्सी ह्याक गर्ने पाँच जना पक्राउ

कतार न्युज एजेन्सी ह्याक गर्ने पाँच जनालाई टर्कीमा पक्राउ गरिएको छ।
कतार न्युज एजेन्सी संग बोल्दै महान्याधिवक्ता डा.अलि विन फेटैस अल मर्रीले संकास्पद पाँच व्यक्तिलाई पक्राउ गरिएको र अनुसन्धानको क्रम चलिरहेको बताएका छन्।साथै कतार र टर्कीका अधिकारीहरू मिलेर यस घटनालाई फलोअप भइरहेको जानकारी दिएका छन्।
गत मे मा ह्याक भए संगै कतार न्युज एजेन्सी बाट कतारको अमिरलाई श्रेय दिँदै छिमेकी राष्ट्रहरूमा आपत्तिजनक प्रतिक्रियाको झुटो समाचार बाहिरिएको थियो।त्यसलगत्तै साउदी प्रमुख राष्ट्रहरूले कतार सँगको सबै नाता तोड्दै कतार माथि नाकाबन्दी लगाउँदै आएको छ।
पक्राउ परेका नागरिकहरुको बारेमा केही पनि खुलाइएको छैन। यता कतारले भने आफ्नो समाचार माध्यमको ह्याक युएई बाट शुरू भएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
