कतारको स्वतन्त्रता, विकासका सूत्रधार र हामी नेपालीको योगदान

प्रो. मोहमद रमजान अली मियाँ , दोहा, कतार
[bs-quote quote=”हामी नेपालीहरुले भन्ने गरेको हाम्रो दोस्रो घर कतार कतारमा नेपालीहरुको प्रवेश सन् १९८० को दशकबाट शुरु भएता पनि मुख्यतः सन् २००६ को एसियाली खेल सम्पन्न भए यता नेपालीहरुको प्रमुख गन्तव्यको रुपमा कतार रहेको पाईन्छ ।” style=”default” align=”left” author_name=”प्रो. मोहमद रमजान अली मियाँ” author_job=”राष्ट्रिय मानव अधिकार समिति दोहाको नेपाली प्रतिनिधि एवं संयोजक” author_avatar=”https://qnkhabar.comm/wp-content/uploads/2019/06/ProRamjanAlimiya.jpg”][/bs-quote]कतार, आज विश्वमा कतार भन्ने देशको नाम नसुन्ने र कतारलाई नचिन्ने बिरलै भेटिन्छन् । ग्लोवलाईजेशन र ग्लोबल भिलेजका हर कुना काप्चामा कतार नै कतारको चर्चा भईरहेको हामी पाउँछौं । कतार देश, कतार एयरवेज कतारका राजा सम्माननीय शेख तमीम बिन हमद अल थानी, कतारमा सन २०२२ मा सम्पन्न हुन गईरहेको फिफा विश्व कप २०२२, कतारको जि.डि.पी., कतारको नाकाबन्दी, कतार फाउन्डेशन, कतारको विकास, कतारको अत्यन्तै उदार एवं विश्व प्रसिद्ध खुल्ला सफल कुटनिती, कतारमा हरेक महिना जस्तै हुने अन्तराष्ट्रिय सभा सेमिनार र सम्मेलनहरु विश्वका हरेका प्लेटफर्ममा चर्चाको विषय बन्न पुगेका छन् । कतारको विश्व प्रसिद्ध संचार गृहले त संचार जगतलाई मात्र नभई संसारलाई नै चकित तुल्याई दिएको छ । यो पंक्तिकारले आज कतार बारे लेख्न कलम अगाडी सार्दै गर्दा चमत्कारको समुद्रमा गोताखोरी गरिरहेको अनुभव भई रहेको छ । कहाँबाट आरम्भ गरेर कहाँ सम्पन्न गरौं भन्ने जिज्ञासा जहाँ मलाई छ त्यही कतारको सम्पन्नता र ईतिहास पनि त्यस्तै जादुमयी छ । कतार आज संसारकै निम्ती एक उदाहरण भएको हामी पाउँछौं ।
कतारको स्वतन्त्रता देखि आजको दिन सम्मको अध्ययन गर्ने हो भने अलथानी परिवार नै यो देशको विकासमा खुलेर लागेको र मानव ईतिहास मै गर्व गर्न लायक कार्यहरु यस परिवारले गरेको पाईन्छ । कतारका संस्थापक जासिम बिन मुहम्मद अल थानीले आरम्भ गरेको यो यात्रा सन १८७८ बाट आज सम्म बिभिन्न आरोह अवरोह र कठिन परिश्रम तथा चुनौती र सफलता बिच निरन्तर लक्ष्य हासिल गर्न जारी छ । शेख महम्मद अलथानीले १८५१ मा बसालेको जगलाई २०१३ बाट वर्तमान शेख तमिम बिन हमद अल थानीले बलियो र मजबुत पार्दै एक विशाल साम्राज्यको रुपमा विश्व सामु स्थापित गराइ यो राज्य आज बिश्वमा जग्मगाई रहेको छ ।
कतारको चर्चा गर्नलाई हजारौं विषयहरु हामी माझ भएता पनि कतारको अकल्पनीय चमत्कारिक लोभलाग्दो विकास नै आज विश्व समुदायको निम्ति सबैभन्दा ठुलो र चासोको विषय हुन सक्दछ । यो बिकासका निम्ति अरुलाइ पचासौं बर्ष खर्चिनु पथ्र्याे भने कतारले आफ्नो अहिलेको बिकास लाई धेरै छोटो समय अर्थात केही वर्ष भित्रै हासिल गरेको यथार्थ हामी विच छ । कतारको विकास त आरम्भ देखि नै अल थानी परिवारले गरेता पनि पुर्व राजा शेख खलिफा बिन हमद अल थानीले सन १९७२ देखि सन १९९५ सम्ममा एउटा विशेष मोडल प्रस्तुत गरि कतारलाई विकासको मार्गमा गति दिलाउनु भएको थियो । यो कालखण्ड भनेको कतारको बिशेष ढाँचा तयार भएको युग भन्ने कुरा ईतिहासमा पाईन्छ । कतारको शाशकहरु मध्ये छैटौं शाशकका रुपमा रहनु भएका शेख खलिफाले आफ्नो कार्यकालमा महत्वपुर्ण कार्यहरु गर्नु भएको छ ।कतार राज्यको पुर्नंसंरचना, महत्वपुर्ण कानूनहरुको संसोधन, राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा विभिन्न संन्धी सम्झौता र आफ्नो प्राकृतिक श्रोत तेल र ग्यासलाई व्यवस्थीत गर्ने कार्यहरु सफलतापुर्वक सम्पन्न गर्दै कतारलाई विश्व जगत माझ रोलमोडल रुपमा स्थापित गर्ने श्रेय उनै शेख खलिफा बिन हमद लाई जान्छ ।
कतारमा शिक्षाको ज्योती फैलाउने श्रेय पनि उनैलाई जान्छ । उहाँ कै कार्यकालमा कतारमा स्कुल कलेजहरुको स्थापना भयो फल स्वरुप कतारले आफ्नो भुमिमा पहिलो विश्व बिद्यालय प्राप्त गर्यो र कतार मध्यपुर्वमा नै आफ्नो गर्विलो ईतिहास कायम गर्न सफल भयो । मैले माथि भने झै सफल राज नेता शेख खलिफा आफ्नो बुवा र हजुरबुवाको कुशल नेतृत्वबाट प्रेरित एवं दिक्षित थिए । यति मात्र होइन उनि कतारको पहिलो शिक्षा मन्त्री समेत थिए । कतारको ईतिहासमा बिभिन्न उच्च पदमा रही एैतिहासिक काम गर्नेहरुको अग्रपंतिमा शेख खलिफालाई स्मरण गरिन्छ । आफ्नो जीवनको कलिलै उमेरमा राज्यको सेवामा समर्पित शेख खलिफा सन १९४९ मा सुरक्षा परिषदको अध्यक्ष हुनुहुन्थ्यो ।
सन १९६० मा आफ्ना बुवाको उत्तराधिकारी नियुक्त गरिएका उनि आफ्नो कालखण्डमा देशको अर्थमन्त्री, राष्ट्रबैंकका चियरपर्सन, काउन्सिल मेम्बर अफ मिनिस्टर हुँदै ३ सेप्टेम्बर १९७१ का दिन आफ्नो देशलाई स्वतन्त्र घोषित गर्न सफल हुनु भयो । इतिहासको यो कालखण्ड अत्यन्तै महत्त्वपूर्ण मोडमा शेख खलीफाको नेतृत्वदायी भुमिका बिश्व हाक्नेहरुका निम्ति प्रेरणाको श्रोत बन्न सक्छ । कतारको स्वतन्त्रतासंगै कतारी झण्डाको रंग र फरक ढाँचा झै कतार विकास र प्रगतीको मार्गमा अरु भन्दा फरक ढंगले अग्रसर भयो । शेख खलिफा वास्तवमै राष्ट्रको सच्चा सेवक हुनुहुन्थ्यो भन्ने कुरा स्पष्ट छ । त्यतिमात्र कहाँ हो र? वहाँ पछि उहाँका उक्तराधिकारी छोरा हमद बिन खलिफाले पनि आफ्नो बावुको अनुसशरण गर्दै छोटो समयमा कतारलाई विश्व माझ मोती झै प्रस्तुत गर्न सफल भुमिका निर्वाह गर्न सफल हुनु भयो । शेख हमदलाई एक आईकोनिक विश्व राज नेता रुपमा चित्रण गरिएको छ ।
आधुनिक कतारको चित्रणमा वहाँको दैविक (गड गिफ्टेड) क्षमता लाइ विश्वले स्वीकारेको छ ।सामाजीक रुपान्तरण, आर्थिक सवलता, साँस्कृतीक विकास,भौतिक पुर्वाधार बिकास र अरव जगतमा एक पृथक राष्ट्रका रुपमा कतारलाई स्थापित गर्न वहाँको अथक प्रयास अनुकरणीय र अनुसरणीय रहेको छ । परिवर्तनको दिशामा अग्रसर कतारले वहाँकै कार्यकालमा १३ जुन सन १९९९ मा पहिलो संसदीय व्यवस्था अन्तरगत यसै मितिमा अमीरी आदेश नं ११्र१९९९ अन्तरगत कमीटी गठनको माध्यमबाट नयाँ संबिधान २ जुलाई २००२ मा राज्यको चौतर्फी हित आफ्ना नागरिकको हक अधिकार सहितको नयाँ संबिधान प्राप्त गर्यो । यो कुनै सामान्य उपलब्धी थिएन । यो अभुतपुर्व कार्यलाई विश्व जगतले वडो उत्साहका साथ हेरिरको थियो । ९६.६५ प्रतिशत बहुमतद्धारा पारित संविधान नै कतारी नागरिकको भविष्यको रेखा कोर्ने अस्त्र सावित भयो । ८ जुन २००४ लाई कतारी नागरिकले मात्रै हैन विश्वले नै सदा सम्झी रहने दिनको रुपमा कतारी ईतिहासमा दर्ज भएको छ । शेख हमद बिन खलिफा अल थानी ज्यूको कार्यकाल कतारी नागरिक र कतारका लागि मात्र फलदायी रहेन यो स्वर्णिम अवधी विश्वका निम्ती नै हितकारी रहयो र रहेको छ ।
विश्वका बिभिन्न मुलुकहरु बिच शान्ती वार्ता गराउने मेलमिलापको वातावरणको केन्द्र दोहालाई बनाउने कयौं शक्तीहरु बिचको शक्ति संतुलनमा यस कालखण्डको ठुलो योगदान रहेको छ । चाहे त्यो प्यालेष्टाईन शान्ती वार्ता होस वा सुडानको डार्फर शान्ती वार्ता नै किन नहोस । आपसी हितका सबै विषय र असमझदारीलाई वार्ता र आपसी छलफल बाट तार्किक निष्कर्षमा पुर्याउनु पर्छ भन्ने गतिलो सन्देश कतारले विश्वलाई सहजै दिएको छ । दोहा वास्तवमा विश्वका बिभिन्न मुलुकहरुमा जारी युद्ध, द्धन्द, लडाई, बिबाद समाधानको केन्द्र हो । हामी नेपालीहरुले भन्ने गरेको हाम्रो दोस्रो घर कतार कतारमा नेपालीहरुको प्रवेश सन् १९८० को दशकबाट शुरु भएता पनि मुख्यतः सन् २००६ को एसियाली खेल सम्पन्न भए यता नेपालीहरुको प्रमुख गन्तव्यको रुपमा कतार रहेको पाईन्छ ।
शेख हमद बिन खलिफा अल थानी ज्यूले थालेको सरल र सहज कदमहरुका कारण आज नेपाल र नेपालीले प्रत्यक्ष लाभ लिईरहेका छन् । शिक्षा, स्वास्थ्य भौतिक पुर्वाधार, संचार, मानव अधिकार, खेलकुद, उर्जा विकास लगानीको पुर्वाधारको क्षेत्रमा कतारको योगदान संसारका लागि नै लोभलाग्दो सावति भएको छ । २००६ को एसियन गेम पश्चात नेपालीहरुको आगमनले गतिलिंदै गयो र आज हामी कतारमा दोस्रो बहुसंख्यक समुदायको रुपमा स्थापित भएका छौं । कतारीहरुले मात्र हैन कतारी बिशिष्ठहरुबाट समेत कतारको चौतर्फी विकासमा चौबिसै घण्टा आफ्नो काम खर्चिरहेको लाखौं लाख नेपालीहरुको प्रसंसा सुन्न र पढन पाउँदा नेपाल आमाको छाती गर्वले फुल्ने कुरामा दुईमत नहोला ।
कतारको यस चमत्कारिक विकासमा कतारी पुर्व नरेश शेख हमद बिन खलिफालाई उलेख्य साथ दिनु हुने पुर्व बडामहारानी शेखा डा. मोजा बिन्त ए नासर अल मिस्नादको भुमिकाको प्रसंशा बिना कतारको ईतिहास नै अपुरो हुनेछ । आफ्नो देश कतार र विश्वका सबैले शिक्षा हासिल गर्न पाउनु पर्छ । शिक्षा, स्वास्थ्य, खेल जस्ता मौलिक अधिकार विश्व भर स्थापित गर्न शेखाले निर्वाह गर्नु भएको नेतृत्वदायी भुमिकाले बिश्व नै चकित छ । कतार फाउण्डेशन एउटा संस्था मात्र नभई एक परिवर्तनको सुत्रधार र अभियान पनि हो । जहाँबाट विश्वले ज्ञान र ज्योती अनि प्रकाश प्राप्त गरिरहेको छ । विश्वका वालवालिकाहरु बौद्धिक अपांगता र अशक्तताबाट पिडितहरुले नयाँ जीवन पाएका छन् , नयाँ संसार देख्न पाएका छन। असक्त र बुढ्यौलीले सताईएकाको दुःखको साथी हो कतार फाउण्डेशनको शफल्लाह सेन्टर । मनोरञ्जन लिने र विगत स्मरण गर्ने थलो हो नेशनल म्यूजियम अफ स्लामिक आर्टस् ।
हामीले सिक्नु पर्ने धेरै कुरा छन कतार बाट कतारी नागरिक र भुमिमा ! आरम्भ देखि नै नेपालले कतारको विकासका बिभिन्न क्षेत्रमा योगदान दिए झै कतारले पनि नेपालको बिभिन्न क्षेत्रमा उल्लेख्य सहयोग एवं सहकार्य गर्दै आएको छ । दुई देश बिचको कुटनितिक सम्बन्धले चार दशको यात्रा कुशलतापुर्वक सम्पन्न गरिसकेको छ । शुरुवाती दिनबाट नै नेपालबाट यहाँका बिभिन्न ब्याक्तित्वहरुको विभिन्न समयमा कतारको भ्रमण भएका छन् भने कतारबाट पनि समय समयमा कतारी उच्च अधिकारीहरुको नेपाल भ्रमण भएको छ र यस्ले हामी बिचको सम्बन्धलाई अझ आत्मीय र गहिरो बनाउन दरिलो स्तम्भको काम गरेको छ । तत्कालिन समयमा दिवंगत राजा श्री ५ बिरेन्द्र वीर बिक्रम शाहदेवको कतार भ्रमण र त्यसताका भएका ऐतिहासिक कार्यहरु सदा सदैव स्मरण योग्य छन् । कतारको आतिथ्यता हाम्रो लागि सुनको काखा भन्दा कम भन्न नमिल्ला ।
कतार नेपाल बिच २००५ मा भएको श्रम सम्झौताले हाम्रो विकासको द्धार खुलेको कुरा सर्वविदितै छ । त्यस पछिका निरन्तर आवत जावत एवं नेपाल तथा कतारका उच्च पदस्थ अधिकारहिरुको भेटघाटले हामीलाई अन्तराष्ट्रिय मञ्चमा सङ्गै ल्याई खडा गरेको छ । आज नेपाल र कतार बिभिन्न अन्तराष्ट्रिय फोरम, कार्यदल र मञ्चहरुमा संगसंगै छन् । पछिल्लो पटक सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीज्यूको राजकिय भ्रमणले त झनै दुईदेश बिचको पारस्परिक सम्बन्धमा एक बिशेष आयाम थपिदिएको जानकारहरु बताउँदछन् । यसै गरि नेपाल र कतारबिच भएका दुई दर्जन भन्दा बढी सम्झौता र आपसी समझदारी पत्रहरुमा हस्ताक्षरले हामी सात समुद्र पारिका नेपालीलाई अत्यन्तै निकट ल्याईदिएको छ । दैनिक ४ वटा कतारी बिमान नेपालको बिमानस्थलमा अवतरण गर्ने दिनहरु पनि औंलामा गनि साध्य छैनन र ति बिमानहरुबाट नेपालीहरुको घर आँगनमा भित्रने खुशिको त वर्णन गरेर साध्य नै छैन ।
आज कतार माथी आई परेको यस कठिन अवस्थामा हामी कतारमा चार लाखको हाराहारीमा रहेका नेपाली समुदाय हातमा हात काँधमा काँध मिलाएर आत्मबल बढाउन तल्लिन छौं । हाम्रो बल र बुताले भ्याए सम्म यसै भुमिमा रही कतारको विकासमा दिन रात लागि परेका छौं । आर्थिक रुपले सवल नभएता पनि(वि लभ कतार) को भावना बोकी कयौं नेपालीहरुले आफ्नो ज्यानको आहुती समेत दिई सकेका छन । अंग भग भएर अस्पतालको शैयामा हुँदा पनि हामी मध्ये हजारौं हजारले वि सपोर्ट कतार ध्भ् क्ग्एएइच्त् त्तब्त्ब्च् को नारा कहिले पनि बिर्सेनौं । कतारले सधैं आफुलाइ उचाइमा राख्न प्रयत्न गर्यो तर यी प्रयास र सहकार्यमा केही महत्पूर्ण ब्याक्तित्व हरु सदा स्मरण योग्य छन यी ब्यक्ति हरुको काम नै उचाइमा पुग्ने थियोे ।
त्यसैले त आफ्नो लालाबाला र परिवारको मायालाई एउटा किनारामा राखेर शेख फदह बदरले विश्वको विभिन्न शिखर आरोहण गर्ने क्रममा १८ डिसेम्बर मै माउन्ट विन्सन इन अन्टारटिकाको आरोहण गर्नु हुँदै यस कीर्तिमानका पहिला अरबी बन्न सफल हुनु भयो।पछिल्लो पटक बिश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरि विश्व सामु नेपालको शिर उच्च पारी हामीलाई सम्मान अर्पण गरे । संगीतमा पनि कतारको कीर्तिमान उल्लेख छ संगीतको संसारमा धेरै कतारीले इतिहास रच्न सफल भएता पनि फहद अल कुबैसी दाना अल फरदान जस्ले संस्कृतिको धनी कतारलाइ आफ्नो साङ्गेतिक रंगको माध्यम बाट अरब जगतमा कतार लाई उचाइमा पुर्याउन योगदान दिए।कला र आर्टसको माध्यम बाट कतारलाइ उचाइमा पुर्याउने कतारी आर्टिस्ट अहमद बिन माजिद अल मादिदको कलाको वर्णन गरिनसक्दो छ । यिनको पछिल्लो कृतिमा कतारका सम्माननिय राजा शेख तमीम बिन हमद अल थानी ज्युको तमीम अल मज्दको चित्र उल्लेख्य रहेको छ ।
अभिएशन उड्डयनको जगतमा एक उदाहरण हो कतार एयरवेज।बिश्वका विभिन्न उच्च सम्मान बाट सम्मानित गरिसकिएको छ कतार एयरवेजलाइ।यसलाइ उचाइमा पुर्याएका हुन यसका सि इ ओ अकबर अल बाकरले उड्डयन क्षेत्रको ब्यवस्थापन र बिकासमा कतारमा मात्र होइन बिश्वमै इतिहास रच्न सफल हुनु भयो।सदा उचाइ बाट अझ अर्को उचाइ रच्न कृयाशिल अक्बर अल बाकरको नाम इतिहासमा सदा स्मरणीय रहेको छ।अब आउनुस आकाश बाट स्टडियम तर्फ यस फुटबलको सन्सारमा र बिशेष गरि कतारको फुटबल इतिहासमा स्मरण योग्य ब्यक्ति हुन पुर्व फुटबल प्लेयर मन्सुस अल मुफ्ताह ।कतारी नेसनल टिममा ५३ गोलको कीर्तिमान बोकेका अल मुफ्ताहले कतारलाइ यस जगतमा उचाइमा पुर्याएका हुन।नासर अल अत्तिय्याको कार रेसिङ्गको क्षेत्रमा बिश्व कीर्तिमान अझै जिवितै छ । मनोरञ्जनको क्षेत्रमा समेत कतार अग्रपंक्तिमा छ र यसलाइ त्यहाँ पुर्याएका हुन आदिल अल मन्सुरीले जो ५ वर्षको उमेर देखि कतारी पर्दामा छाएका छन् । कस्ले बिर्सन सक्छ या हाला लाई?
बिभिदता र प्राकृतिक एवं कला संस्कृत तथा उल्लेखित बिषयका धनी हामी नेपाली आज पनि यी सबै क्षेत्रमा कतार सङ्ग सहकार्य गर्न सक्षम छौं ।हामीले सहयोग र सहकार्य गरेझै कतार पनि हाम्रो सुख दुस्खको सारथि बनेको छ।बिनाशकारी भुकम्पमा कतार सरकार कतारी नागरिकको माया स्नेहलाई हामी कहिल्ये भुल्न सक्दैनौ । राहत र उद्दार पश्चात ५ वर्ष सम्ममको सम्झौता गरि मध्यपुर्वकै पहिलो मानव कल्याणकारी संस्था कतार च्यारिटी हामी माझ हाम्रै परिवारको सदस्य बनी ललितपुरको बागडोलमा बिराजमान भै बसेको छ । अव हामीले नेपाल रहेको कतार च्यारिटी र कतार रेडक्रिसियन्टलाई मात्र सुन्दरी जलको जल र मुहानको पानी खुवाउने हैन कतारका ३ लाख कतारी नेपालको मुहानहरुको शक्ति वर्दक प्राकृतीक पानी पिउन लालायित छन् । नेपालको अकबरी खुर्सानीको स्वाद लिन आतुर छन् । बतासे र बन्दिपुरको सुन्तलाको जुसले स्वीजरल्याण्ड विर्सन कत्तिपनि बेर लाउदैन ।
नेपालको चिया र कफी हरेक कतारीको बिहानीको पहिलो खुराक नबन्ने होइन अवश्य बन्छ।नेपालको अर्गा्निक भुमिको हरेक वस्तुले कतारी मन लोभ्याउने शक्ति राख्दछ। भ्रमण वर्ष २०२० नजिकिदै गर्दा कतारीले नेपाल जाने तिथिमिति तय गरेको गाईगुई सुन्न यि कानहरु आतुर छन् । भ्रमण वर्ष २०२० को निमन्त्रणा गरिसके पछि हामीले देश भरिका सडकका खाल्डा खुल्डीलाई बिदाई गर्न जरुरी छ । आठै बजे बन्द हुने ति ईन्धनका पम्पहरु चौबिसै घण्टा कतारमा झै खुल्ला रहुन भन्ने हाम्रो सपना साकार हुनु पर्दछ । राजमार्गका चमेनागृह र भोजनालयका बासी र अस्वस्थ्य र नामका खानाका परिकारहरु अव पुनः देख्न नपरोस पेट दुखेर छट्पटाउँदा सबेरै बन्द हुने फार्मेसीका सटरहरु चौबिसै घण्टा ३६५ दिन नै खुल्ला रहुन ।
अतिथी सत्कारको नाउँमा मौकामा चौका हानी पर्यटक लुट्ने काममा अव पुर्ण्विराम लाग्नु नै पर्दछ । काठमाडौंबाट पुर्वको ताप्लेजुङ, ईलाम र पश्चिम पोखरा लुम्बीनी रारा तिलिचो खप्तड जाँदा धुँवा धुलो रहित सडक किनारा र शान्त वातावरणमा बसेर नेपाली अर्गा्निक कफी र चियाको चुस्की लिने दिन अव नजिकिँदै आउँदा यो मन दशैं तिहार इद छट ल्होसार, आएको भन्दा कम खुसी छैन । उता नेपालमा त्यो खुसी यता कतारमा आज १८ डिसेम्बर कतारको अन्ताट्रिय दिवस बनाई रहँदा दुई खुसीले यो मन गदगद छ । हामी आप्रवासीहरुका निम्ति समेत कतारले यो खुसी साटासाट गर्न विगतका वर्षहरु झैं यस वर्ष पनि बिभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु तर्जूमा गरेको छ । यस ऐतिहासिक अवसरमा कतारका सम्माननीय अमीर शेख तमीम बिन हमद अल थानीज्यूका जुनाफमा कतारको नेपाली समाजको तर्फबाट कतारी नागरिकको सुस्वास्थ्य दिर्घायु शान्ति, सफलता एवं उत्तरउरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्दछौं । ‘अल मआली काएदा भन्दै माअस्सलाम । व कुल्लु आम व अनतुम बि खैर माअल इज्जि वल रफइ वत्तकद्दुमी’
लेखक कतारको रास्ट्रीय मानव अधिकार समिति दोहाको नेपाली प्रतिनिधि एवं संयोजक हुनु हुन्छ।