बिज्ञापन

अमिर आज बेलायत जाने

अमिर शेख तमिम विन हमाद अल थानी आज औपचारिक भ्रमणको लागि बेलायत जानुहुने भएको छ। त्यहाँको प्रधानमन्त्री थेरेसा मे को निमन्त्रणामा अमिर भ्रमणमा जानुहुनेभएको हो।अमिरले प्रधानमन्त्री मे लाई मंगलबार भेट्ने कार्यक्रम रहेको छ।

अमिर र प्रधानमन्त्री मे बीच विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने,खाडी तथा अन्तराष्ट्रिय क्षेत्रमा दुई राष्ट्रबीच साझा मुद्दाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

विगत एक वर्ष यता कतार र बेलायतको सम्बन्ध विषेशगरी कतार नेशनल भिजन २०३० र विश्वकप २०२२ आयोजनामा कतारलाई सहयोग गर्ने प्रति बढी केन्द्रित भएको कतारका लागि बेलायती राजदूत अजय शर्माले जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button