अल काबन पार्क सर्वसाधारणका लागि खुल्ला

अल खोर र अल थखिरा नगरपालिकाले हिजो अल काबन सहरमा बनेको अल कबान फेमिली पार्कको उद्घाटन गरेको छ।
कबान सहरको पारिवारिक बस्तीको १०,६९३ स्क्वाएर मिटर क्षेत्रफलमा फैलिएको पार्कमा बच्चाहरु खेल्नको लागि समेत सुरक्षित ढङ्गले निर्माण गरिएको छ।साथै पार्कमा ब्यवस्थित सिट,पानीको फोहोरा,कुलो,केही खेलकुद सामाग्री,हिड्ने बाट र आधुनिक शौचालय पनि रहेको छ।
बिभिन्न रुख,बिरुवा ले हराभरा संगै पार्कको धेरै स्थानहरुमा क्यामेरा पनि राखिएको छ।पार्कमा चाँडै नै वाइ-फाइ पनि जडान गरिने समाचारमा उल्लेख छ।