३४ जिल्लामा मध्याह्नसम्म ५७ प्रतिशतसम्म मतदान, कुन जिल्लामा कति ?

स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यमा १२ बजेसम्ममा ३० देखि ५७ प्रतिशतसम्म मतदान भएको छ ।

सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सञ्चालन भइरहेको छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाअन्तर्गतको एउटा मतदान केन्द्रमा मतदानको कार्य सुरु हुन नसकेको र सहमतिको प्रयास भइरहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचलान केन्द्र (जेईओसी) बाट प्राप्त जानकारी अनुसार, जिल्लागत विवरण यस प्रकार छ :

सि.नं. जिल्ला प्रगति प्रतिशत
दोलखा ३५
रामेछाप ३७
सिन्धुली ४०
काभ्रेपलान्चोक ४०
सिन्धुपाल्चोक ४०
रसुवा ४०
नुवाकोट ३५
धादिङ ३०
चितवन ५०
१० मकवानपुर ३०
११ भक्तपुर ४०
१२ ललितपुर ४०
१३ काठमाण्डौ ४५
१४ गोरखा ४०
१६ लमजुङ ५७
१७ तनहुँ ५०
१८ कास्की ५०
१९ मनाङ ५६
२० मुस्ताङ ५२
२१ पर्वत ५०
२२ स्याङजा ४५
२३ म्याग्दी ४०
२४ वाग्लुङ ४०
२५ नवलपरासी ४२
२६ सल्यान ४५
२७ डोल्पा ५५
२८ जुम्ला ३५
२९ मुगु ३५
३० हुम्ला ४५
३१ कालिकोट ४५
३२ दैलेख ५५
३३ सुर्खेत ५०
३४ रुकुम ४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button