करिष्माले भोट हालिनन् ,बिनोद संग चिसियो सम्बन्ध

अभिनेत्री करिष्मा मानन्धर बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिको महिला तर्फ केन्द्रिय सदस्य हुन् । भट्टराईको आडमा उनको बलबुताले भ्याउदा सम्म राजनिति गर्दैछिन् । तर,नेत्रीले नै आज भईरहेको स्थानिय तहको निर्बाचनमा भाग लिएकी छैनन् ।

करिष्मा काठमाण्डौमा बस्छिन् । तर,उनको मतदाता सुचिमा सप्तरी रहेकाले उनी सप्तरी सम्म जाने चेष्टा गरिनन् । मतदान गर्न नपाउदा उनले आक्रोस फेसबुकमा पोखेकी छिन् । सप्तरीमा मतदान केन्द्र रहेको कारण जान नसक्दा आक्रोस पति बिनोद मानन्धरलाई कडा शब्दमा पोखेकी हुन् । चुनाबकै दिन मतदाता परिचय पत्रका कारण करिष्मा र बिनोदको सम्बन्ध समेत चिसिएको स्वयंम् करिष्माले नै पुष्टी गरेकी छिन् । उनले विनोदले आफूलाई परिवारको महत्वपूर्ण सदस्य नै नमानेको भन्दै फेसबुकमै आक्रोश पोखेकी हुन् । स्थानीय तहको निर्वाचनका लागि विनोदले आफ्नो र छोरीको मात्र मतदाता परिचयपत्र लिएर आएकोमा खेद प्रकट गरेकी हुन् ।

करिश्माका अनुसार विनोदको नामवाली सप्तरीमा भएपनि उनी हाल सपरिवार लाजिम्पाट बस्दै आएकोमा उनले छोरी र आफ्नो बसाइँसराइ गरेर काठमाडौंबाट मतदाता परिचयपत्र लिए । तर,काठमाडौंकै नागरिकता भएकी करिश्मा जसको विवाह पछि मानन्धर थरमा राजविराजबाट नागरिकता निकालियो उनको भने बसाइँसराइ विनोदले नगरिदिएको करिश्माको भनाइ छ । उनले आफ्नो नाम सप्तरीमा भएको र आफू कहिले त्यहाँ नबस्ने भएकाले कसरी गएर भोट दिने भन्दै आक्रोश पोखेकी छन् ।

उनले लेखेको स्टाटस यस्तो छः

म काठमाडौंको नागरिकता भएको मान्छे। वहासंग बिबाह गरेपछि सप्तरी राजबिराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो । म चुप लागेँ । सायद श्रीमानकोमा राख्नुपर्छ होला भनेर यत्रो बर्ष भयो । वहाँले मेरो voting card बनाई दिनु भएन । हामी लाजिम्पाट बस्छौ। आफ्नो र छोरीको बसाइँसराई गरेर वहाँले voting card लिनु भएछ । तर वहाँले मेरो पनि लिनु पर्छ भनेर जरुरी सम्झिनु भएन। मैले वहाँलाई सोधेँ तर वस्ता गर्नु भएन .. म आफैँ गएर ३ घन्टा लाईन बसेर रजिस्ट्रर गरेँ .. बसाइँसराईको कागज पनि थिएन। त्यसैले सप्तरीको लिस्टमा पुगेछ ..न म राजबिराज को हो न म त्यहाँ कहिले बसेको छु। कसरी गएर भोट दिने ? .. अरु सब कुरामा उ मेरो मालिक होला तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएन .. sorry to say this Binod you have to accept me as your important family member you are taking me too light …

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button