राजदुत कोइराला संग पत्रकार महासंघ कतार शाखाद्धारा भेटघाट कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ कतार शाखाले कतारका लागी नवनियुक्त राजदुत प्रो.रमेश प्रसाद कोइराला संग भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । महासंघका कार्यबाहक अध्यक्ष दिपक पुडासैनी को नेतृत्वमा पत्रकार महासंघको टोली हिजो दोहा स्थित नेपाल दूतावास पुगेको थियो । पत्रकारहरुले कतारमा नेपाली समुदाय को अवस्था र श्रमिक को विषयमा ध्यानाकर्षण गराउँदै विभिन्न विषयमा छलफल गरेको थियो ।

भेटघाट कार्यक्रम मा महामहिम राजदुतले नेपालमा लगानी को वातावरण बनाउन कतारमा दक्ष श्रमिक नेपाली को रोजगारीको अवसर थप गर्दै कतार सरकार का निकाय संग मैत्रीपुर्ण  वातावरण बनाउने बताउनु भएको छ ।

अब वैदेशिक रोजगारको शिलसिलामा कतार आउने कामदारलाई  नेपाल बाट कतार सम्म को जानकारी मुलक श्रब्य दृश्य सहित को भिडियो बनाइ सहज बनाउने सोच रहेको जानकारी दिनुभयो । कतार मा श्रमिक का समस्या समाधान गर्न र दूतावास को तर्फ बाट सधै तत्पर रहने जानकारी समेत गराउनु भएको छ ।

नवनियुक्त राजदुत प्रो.रमेश प्रसाद कोइराला आफ्नो कार्यकाल सम्हाल्न गत ९ मे मा कतार आउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button