वाक्रामा पनि आन्तरिक मन्त्रालयको कार्यलय


आन्तरिक मन्त्रालयले आफ्नो सेवा कार्यलय वाक्रामा पनि रहेको भनि सर्वसाधारणमा ध्यानाकर्षण गराएको छ।कार्यलय शुक्रबार र शनिबार बाहेक हरेक दिन बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म खुल्ला रहनेछ।
यहाँको कार्यलयमा भिषा,राहदानी,ट्राफिक,रेसिडेन्सी पर्मिट लगायतका मन्त्रालय संग सम्बन्धित सम्पुर्ण कार्यहरु उपलब्ध छन । थप जानकारीको लागि २३५१००३ र २३५१०९९ मा सम्पर्क पनि गर्न सकिनेछ।
आन्तरिक मन्त्रालयको कार्यलयहरु हाल सौक वकिफ,हमद अस्पताल,दुखान,पर्ल कतार,ओनैजा,शमाल,मिसैमिर,औधौगिक क्षेत्र,मिसाइद,अल जुबारा,अल खोर अल शाहानिया,अल दाएन,उम सलाल,रेयान,कतार एयरवेज लगायतका स्थानहरुमा रहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो