रणवीर कपुर विवाह गर्दै !
रणवीर कपुर छिट्टै बिहे गर्दै छन् भन्ने खबरले बलिउडमा सनसनी मच्चाएको छ । बेलायतको एक उच्च घरानाकी छोरीसँग उनको बिहेको कुरा चलिरहेको खबर छ । उनैसँग रणवीरले मागी विवाह गर्न सक्ने बताइएको छ ।
रणवीरकी आमा नितू कपुर ती युवतीका अभिभावकसँग छलफल गर्न लन्डन गएको चर्चासमेत छ । नितू कम हाइफाई गर्ने र रणवीरको ख्याल राख्ने बुहारी भित्राउने लाइनमा रहेको भारतीय अनलाइन मिडियामा खबर छन् ।
रणवीरको जीवनमा पाँच अफेयर चर्चामा छन् । सबैभन्दा पहिले अवन्तिका मलिकसँग अफेयरमा रहेका उनी सोनम कपुर, नन्दिता मेहतानी, दीपिका पादुकोण हुँदै क्याट्रिना कैफसँगको चक्करमा रहे । अवन्तिकाको अहिले बिहे भइसकेको छ । नन्दिताको सञ्जय कपुरसँग वैवाहिक सम्बन्ध टुटेपछि रणवीरसँग अफेयरमा थिइन् । दीपिकाले त रणवीरको नाममा ट्याटु नै खोपिन् ।
पाँचाैँ गर्लफ्रेन्डका रूपमा उपस्थित भएकी क्याट्रिनाले पनि रणवीरसँग लामो सम्बन्ध राख्न सकिनन् । अहिले खाली रहेका रणवीरले के श्रीमती भित्राउने नै योजना बनाएका हुन् त ?