बिज्ञापन

धनतेरसको पौराणिक मान्यता : यो दिन जोडेको सम्पत्ति १३ गुणाले बढ्छ

काठमाडौं, कात्तिक १३-

आज कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरस । प्रत्येक वर्ष तिहार सुरु भएको पहिलो दिन यो पर्व मनाइने गरिन्छ । यो दिनमा सुनचाँदीका गरगहना र भाँडाकुँडा किन्नु राम्रो मानिन्छ । नेपाल राष्ट्र बैंकले सोही अवसरमा आज एक दिनका लागि मात्र सुनको सिक्का समेत बिक्री गर्दै छ।

धनतेरसको दिन किनेको हरेक सम्पत्तिको मूल्य १३ गुणाले बढ्छ भन्ने मान्यता छ । विशेष गरी पौराणिक कालमा सुनलाई सबैभन्दा मूल्यवान् धातु मानिथ्यो । त्यसैले यो दिन सुन किन्दा राम्रो हुने मान्यता स्थापित भएको पाइन्छ ।

यसलाई धनतेरस नै किन भनियो त ? यसका पछाडि दुईवटा मान्यता रहेको पाइन्छ । भगवान् विष्णुले वामन अवतार लिएर बली राजाले देवताहरुसँग युद्ध गरेर जितेको जमिन फिर्ता गराएको वामन पुराणमा उल्लेख भएको पाइन्छ ।

बली राजाले आफूलाई त्रिलोककै शक्तिशाली र दानवीर राजा मान्थे । बली राजाको घमण्ड चुर गर्न विष्णुले वामन अवतार लिए र बली राजासँग तीन पाइला जमिन मागे । शुक्राचार्यले त्यो अवतार विष्णुको हो भन्ने समेत पहिचान गरे । त्यसैले उनले वामनले मागेको कुरा अस्वीकार गर्न बली राजालाई भनेका थिए ।

तर बली राजाले ले शुक्राचार्यको कुरा मानेनन् र वामनले जे मागे पनि दिने सङ्कल्प गरे । यसलाई रोक्न शुक्राचार्य बलीको कमण्डलुमा सूक्ष्म रूप धारण गरेर बसेका थिए । वामनले कर्मपात्रोमा कुशलाई यसरी राखे कि शुक्राचार्यको आँखा नै फुट्यो । त्यसपछि छट्पटाएर उनी कर्मपात्रोबाट बाहिर आएका थिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button