खलिफा स्टेडियममा शुक्रबार अमिर कपको फाइनल हुँदै

कतारमा सन् २०२२ मा हुने विश्वकप अन्तर्गतको आठ वटा रंगशाला मध्य तयार भएको पहिलो रंगशाला “खलिफा अन्तर्राष्ट्रिय रंगशाला” मा शुक्रबार अमिर कपको फाइनल खेल आयोजना हुँदैछ।
करिब तीन वर्षको पुननिर्माण पछि शुक्रबार पहिलो पल्ट चालिस हजार सिट क्षमता भएको रंगशाला सर्वसाधारणका लागि खुल्ला हुँदैछ।रंगशाला खेलाडी तथा दर्शकको लागि अत्याधुनिक कूलिङ्ग सिस्टम,छत,विश्वको पहिलो एलइडी लाइट तथा डिजाइन बाट तयार पारिएको छ।रंगशालामा २०२२ विश्वकपको क्वाटरफाइनल सम्मका खेलहरु खेलाईनेछ।
उक्त दिन हुने फाइनल खेल अल रेयान र पुर्व बार्सिलोना स्टार जाभि समावेश अल साद्द क्लब बिच प्रतिस्पर्धा हुँदैछ।
रंगशालाको उद्घाटन समारोह बेलुका ६:३० देखि र खेल ७ बजे बाट सुरु हुनेछ।खेलको टिकट दर भने ३० रियाल तोकिएको छ।टिकट सौक वकिफ,सिटी सेन्टर,भिलाजियो मल र खेलको दिन रंगशाला बाट लिन सकिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो