युभेन्टसलाई कोपा इटालिए कप
सिरी ए क्लब युभेन्टस यस सिजनमा तीन उपाधिनजिक पुगेको छ । बुधबार राति लाजियोलाई २–० ले हराउँदै युभेन्टसले कोपा इटालिए कप उपाधि हात पारेको हो । कोपा इटालिए कप युभेन्टसको सिजनकै पहिलो उपाधि हो । युभेन्टसलाई उपाधि दिलाउने क्रममा ड्यानी अल्भास र बोनुसीले १–१ गोल गरेका थिए । अल्भासले खेलको १२औँ तथा बोनुसीले २४औँ मिनेटमा गोल गरे ।
मध्यान्तरअघि दुई गोल
युभेन्टसले रोमाविरुद्ध दुवै गोल मध्यान्तरअघि नै ग¥यो । स्पेनिस स्ट्राइकर अल्भासले डिबक्सभित्र उत्कृष्ट भली गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । खेलको २४औँ मिनेटमा बोनुसीले अफसाइड ट्याप बिट गर्दै २–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा लाजियोले युभेन्टसमाथि दबाव राखे पनि गोल फर्काउन सकेन ।
अब च्याम्पियन्स लिग
सिरी ए लिग च्याम्पियन युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा रियल म्याड्रिडविरुद्ध प्रतिस्पर्धा गर्दै छ । च्याम्पियन्स लिगको साबिक विजेता रियललाई स्तब्ध पारे युभेन्टसले सिजनमा तेस्रो उपाधि जित्नेछ । युरोपियन फुटबलमा म्यानचेस्टर युनाइटेड, बार्सिलोना तथा बायर्न म्युनिखले मात्र एकै सिजनमा तीन उपाधि जितेका छन् । प्रशिक्षक मासिमिलोनो अलेग्रिले युभेन्टस तीन उपाधि जित्न हकदार भएको बताएका छन् । च्याम्पियन्स लिगअघि नै युभेन्टसले सिरी ए लिग पनि कब्जा गर्ने उनले बताए । ‘सिरी ए लिग लगभग हाम्रो हो, त्यसपछि च्याम्पियन्स लिगमाथि कब्जा जमाउनेछौँ,’ मासिमिलोनोले भने ।
स्रोत : नयाँ पत्रीका स्रोत : नयाँ पत्रीका