खलिफा अन्तर्राष्ट्रिय रंगशालाको उद्घाटन भब्यताका साथ सम्पन्न


विश्वकप हुन पाँच वर्ष अगावै तयार भएको खलिफा अन्तर्राष्ट्रिय रंगशालाको शुक्रबार भब्यताका साथ उद्घाटन समारोह सम्पन्न भएको छ।कतारका तत्कालिन अमिर (राजा) एचएच अमिर शेख तामिम बिन हमद अल थानीले शुक्रबार साँझ रिबन काटेर रंगशालाको उद्घाटन गर्नुभयो। साथै हरेक कतारी र अरब नागरिकहरुलाई सम्बोधन गर्दै रंगशाला सन् २०२२ मा हुने विश्वकप प्रतियोगिताका लागि तयार भएको बताउनुभयो।।उद्धाटन समारोहमा अमिर संगै बुक्रिनाका राष्ट्रपती फसो रोच मार्क क्रिष्टियन काबोरे,अमिरका निजी प्रतिनिधी अमिर शेख अब्दुल्ला बिन खलिफा अल थानी,जसिम बिन हमद अल थानी,कतार ओलम्पिक कमिटीका प्रमुख शेख जोआन बिन हमाद अल थानी,फिफाका प्रमुख जिएन्नी इन्फान्टिनो लगायतका ब्यतित्वहरुको समावेश रहेको थियो।

यसरी भयो उद्घाटन
हजारौ दर्शकले भरीभराउ रंगशाला अमिरको प्रवेश संगै तालीले गुन्जमान बनेको थियो।एक समुहले कतारको राष्ट्रिय धुन बजाएपछि अमिरको आसनग्रहणको कार्यक्रम रहेको थियो।त्यसपछि रंगशाला अन्धकारमय भयो।एक महिला थोरै प्रकाशमा भायोलेनका साथ देखा परे।महिलाको प्रस्तुती संगै भब्य स्क्रिनमा २००६ मा आयोजना भएको एसियन खेल प्रतियोगिता,कतारमा भएका अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल,खलिफा स्टेडियमको इतिहास र डिसेम्बर २,२०१० मा कतारले विश्वकप आयोजना गर्न पाएको एैतिहासिक पल को हाइलाइट्सहरु देखाइएको थियो।त्यसपश्चात अमिरले रिबन काटेर रंगशालाको उद्घाटन गर्नुभएको थियो।उद्धाटन पछि रंगशालामा आएको उज्यालो,दर्शकहरुको ताली र रंगशाला भित्र बाहिर गरिएको आतसबाजीले माहोल निकै नै रोमान्चक बनेको थियो।

उद्घाटन समारोह पछि अमिर कप अन्तर्गत अल सद्द र रेयान क्लब बिच फाइनल खेल सम्पन्न भएको थियो।खेल अल सद्द ले २-१ गोल अन्तरले जित्दै ४५औ अमिर कपको उपाधि चुम्न सफल रह्यो।