दशौं सिजनको आइपिएलमा मुम्बईको रोमाञ्चक जित

पुणेलाई समूह चरणका दुई खेल र पहिलो क्वालिफायरसमेत गरी जारी प्रतियोगितामा पराजित गर्न नसकेको मुम्बई इन्डियन्सले आज फाइनलमा भने राइजिङ पूणे सुपरजाइन्ट्सलाई १ रनले पराजित गरेको छ। मुम्बईको आइपिएलमा यो तेस्रो सफलता हो।

मुम्बईले पहिलो इनिङमा बनाएको १ सय २९ रनको जवाफमा पूणेले १ सय २८ रन मात्र बनाउन सफल भएको थियो ।

मुम्बईको जितमा अन्तिम ओभरमा मिचेल जोन्सनले लिएको २ विकेट महत्वपूर्ण बन्न पुग्यो। अन्तिम ओभरमा पूणेलाई जितका लागि ११ रन आवश्यक थियो। पहिलो बलमा मनोज तिवारीले चौका प्रहार गर्दै जितलाई नजिक पुर्याएका थिए तर, उनी जोन्सनको दोस्रो बल र कप्तान स्टिभन स्मिथ तेस्रो बलमा आउट भएपछि पूणेले खेल गुमायो।

बलरहरुले शानदार प्रदर्शन गरेपछि कोलकता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई इण्डियन्स इण्डियन पि्रमियर लिग क्रिकेटको फाइनलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button