निखिल ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ निर्माण गर्दै

दुई बर्ष पहिले रिलिज फिल्म ‘भैरव’बाट अभिनेताको परिचयलाई फराकिलो बनाउँदै निर्देशनमा डेब्यू गरेका अभिनेता निखिल उप्रेती पुनः फिल्म निर्देशनमा लागेका छन् ।आफ्नै निर्माण अनि निर्देशन रहनेगरी शनिबार आयोजित एक कार्यक्रमका बीच निखिलले प्रोजेक्ट ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ घोषणा गरे । निखिल उप्रेती प्रोडक्सनको व्यानर अनि प्रामा ईन्स्टुमेन्टको सहकार्यमा फिल्म निर्माण हुनेछ । फिल्ममा निखिल नै लिड अभिनेतामा हुनेछन् भने वलिउडमा केहि चर्चित अनुहारहरु पनि लिड अभिनयमा रहनेछन् ।वलिउडका चर्चित फिल्म ‘वेलकम ब्याक’, ‘हाउसफूल २’, ‘बम्बे टू गोवा’, ‘सावन’ लगायतका सय बढि फिल्ममा काम गरिसकेका रञ्जित, अमिताभ बच्चनसँग ‘वाजिर’मा देखिएका सायजी शिंदे, ‘राउडी राठौड’, ‘लाल सलाम’, ‘सरकार’ लगायतका फिल्ममा काम गरेका अनन्त जोग यो फिल्ममा लिड अभिनयमा रहनेछन् भने नेपाली अभिनेता विजय लामाको साथमा भारतिय कलाकार अली जाफर (टिपु सुल्तान) र नेन्सी पनि लिड पात्र हुन् ।

अधिकांश छायांकन मुम्बईमा हुने भनिएको फिल्मलाई उत्तर प्रदेश, मध्य प्रदेश, काठमाडौं, नेपाल भारत सिमाना, थाईल्याण्ड, सिंगापुर र अमेरिकामा पनि खिचिनेछ । मुम्बईमा अतपत्र परेकी एक युवतीको उद्धार गर्दै गाडीकै माध्यमबाट भारतिय नाका कटाएर नेपाल फर्काउने कथा नै फिल्मको मुख्य विषयवस्तु रहने निखिलले बताए ।

निखिलले भनेका छन्, ‘कमिटमेन्ट विसुद्ध नेपाली फिल्म बन्नेछ, पछिल्लो पुस्ताका दर्शकको चाहनालाइ मध्यनजर गरेर उत्कृष्ट फिल्म बनाउनमा कुनै कसुर बाँकी राख्नेछैन।’ यो फिल्ममा एक्सन डिजाईनिङको काम पनि निखिलले नै गर्दैछन् । अर्को महिना ‘जुन ५’ देखि फिल्म मुम्बईबाट फ्लोरमा जानेछ ।

सौरभ लामाले खिच्ने फिल्ममा डा. कृष्णहरी बरालले लेखेका शब्दहरु समावेश गीतमा संगीत एड्रिन प्रधानको रहनेछ । चार गीत समावेश हुने भनिएको फिल्मको एक गीतमा भारतिय संगीतकारले म्युजिक कम्पोज गर्ने बताईएको छ । निखिल उप्रेती प्रोडक्सनको लागी यो फिल्म दोश्रो प्रोजेक्ट हो । उक्त व्यानरमा यसअघि ‘रुद्र’ नामको फिल्म तयार भइसकेको छ । ‘रुद्र’ आउँदो श्रावण २० मा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button