प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरूबीच निर्वाचको समिक्षा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका प्रमुख डा. अयोधिप्रसाद आयदबको टोलीबीच भेटवार्ता भएको छ । भेटका अवसरमा गत वैशाख ३१ गते पहिलो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा भएको र आगामी जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि आयोगले गरिरहेको तयारीका बारेमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए ।
भेटमा प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग र निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिएका थिए भने प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित तवरले सञ्चालन गर्न नेपाल सरकारबाट प्राप्त सहयोगप्रति आभार प्रकट गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
भेटमा प्रमुख निर्वाचन आयुक्त डा. यादव, आयुक्तहरू नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह र आयोगका सचिव गोपीनाथ मैनालीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।