नेपाली महिला समाज कतारले भोलि रक्तदान कार्यक्रम आयोजना गर्दै

“रक्तदान जीवन दान” भन्ने मूल नाराका साथ नेपाली महिला समाज कतारले भोली रक्तदान कार्यक्रम गर्ने भएको छ । रक्तदान शिविर भोलि शुक्रबार २६ मे का दिन हमद अस्पतालमा ब्लड डोनेशन युनिट संगको सहकार्यमा बिहान ७ बजे देखि गर्न लागिएको हो । जीवन जोखिममा रहेका मानिसको रक्षाको लागि मानवीय कार्य अघि सार्दै नेपाली महिला समाजले पहिलोपटक गर्न लागेको यस्तो महत्वपूर्ण समाजिक कार्यमा सहभागी हुन समाजले कतारमा रहेका नेपाली जन समुदायलाईे आग्रह समेत गरेको छ ।

हामी सबैमा रक्तदान गर्दा कतै बेफाइदा होला की भन्ने डर हुने गर्दछ । ढुक्क हुनुहोस,रक्तदान गर्दाको फाइदै फाईदाहरु यस्ता छन्

१। रक्तदान गर्नाले हाम्रो रगत पातलो भई मुटुमा बिना अवरोध रगत प्रवाह हुँदा मुटुको रोग र हृदयघात हुने संभावना कम हुन्छ ।
२। रक्तदान गर्नाले क्यान्सर हुने खतरा पनि घट्दछ । हामीले खाएका बिभिन्न खानेकुराहरु बाट शरिरमा जम्मा भएको अनावश्यक “आइरन” रक्तदान गर्दा बाहिर आउने हुँदा क्यान्सर हुने सम्भावना हुँदैन् ।
३। नियमित रक्तदान गर्नाले मोटोपना घट्दछ ।
४। रक्तदान गरे पश्चात शरिरमा गएको रगत फेरी बन्न रगतका नँया सेल्सहरु बन्दछ । यसले शरिरलाई स्वास्थ्य राख्दछ ।
५। तपाईले दान गरको रगतले कसैको ज्यान जोगाउँदछ जसकारण तपाइलाई गर्वको महशुस हुनेछ ।
६। रक्तदान गर्नुअघि तपाइको स्वास्थ्य जस्तै रक्तचाप,कोलेस्ट्रोल आदि जाँच हुनेछ तसर्थ तपाईलाई आफ्नो स्वास्थ्यको बारेमा थाहा हुन्छ ।
७ ।रक्तदान पश्चात तपाईको रगत अरुलाई दिन उपयुक्त छ,छैन भनि जाँच हुनेछ, यसले तपाईको रगतको अवस्था पनि थाहा हुन्छ ।

पहिलो पटक रक्तदान गर्दै हुनुहुन्छ ? ध्यान दिन पर्ने कुराहरु यस्ता छन् ।

रक्तदान गर्नुअघि

१। तपाई कतार प्रवेश गरको ६ महिना हुनुपर्नेछ ।
२। २४ घन्टा भित्र मदिरापान नगरेको हुनुपर्ने ।
३। तपाईको तौल ५० के.जी भन्दा माथी हुनुपर्नेछ र उमेर १८ देखि माथी र ६५ भन्दा तल हुनुपर्नेछ ।
४। रक्तदान गर्नु केही अघि टन्न जुस खानुहोस,अनिन्द्रा तथा खाली पेटमा रक्तदान गर्न हँुदैन् ।
५। तपाईको कतारी परिचयपत्र,सवारी परिचय पत्र वा हेल्थ कार्ड अनिवार्य बोक्नुहोस ।
६। हलुका कपडा लगाउनुहोस ।
७। रक्तदान गर्नुअघि स्वास्थ्य खाना खानुहोस । बाहिरको खाना जस्तै ह्यामवर्गर,आईसक्रिम जस्ता खाना खाँदा तपाईको रगत बाक्लो हन्छ जसकारण तपाईको रगत जाँच गर्न गाह्रो हुनेछ ।
रक्तदान गर्दा आनन्द दिने खालको संगित सुन्नुहोस किताब पढ्नुहोस आफ्नो साथी वा नजिकैको कोही संग कुरा गर्नुहोस ।

रक्तदान गरेपछि
१। केही बेर आराम गर्नुहोस ।
२। कम्तिमा ४ गिलास तरल पदार्थ जुस खानुहोस ।
३। केही समय पश्चात मात्र हातमा बाधिएको ब्यान्डेज खोल्नुहोस ।
४। रगत निकालिएको भागबाट रगत बगेमा दबाएर ५ देखि १० मिनेट हात माथि उठाउनुहोस , चिलाएमा साबुन पानीले धुनुहोस ।
५। रक्तदान गरेको दिनभर गरुङ्गो चिज नउठाउनुहोस ।
६। रिगंटा लागेमा वा टाउको दुखेमा भुईमा पल्टेर बस्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button