तोकिएको नौ सय न्युनतम तलव कार्यान्वयन गराउन माग

प्रवासी नेपाली मञ्चले कतारमा कार्यरत नेपालीको न्युनतम तोकिएको तलवलाई कार्यान्वयन गराउन नेपाली दूतावाससमक्ष माग गरेको छ । चार वर्षअघि दूतावासको सिफारीसमा सरकारले कतारमा कार्यरत अदक्ष कामदारको न्युनतम तलव ९ सय रियाल र खाना ३ सय गरी १२ सय रियाल तोकेको थियो ।

मञ्चका अध्यक्ष रामहरि गैह्रेको नेतृत्वमा गएको टोलीले राजदूत रमेशप्रसाद कोइरालासमक्ष ज्ञापन पत्र बुझाउदै यो माग गरेको हो ।

कतारमा रहेका कम्पनीहरुले १२ सय रियाल तलव दिन्छु भन्दै मागपत्र प्रमाणीकरण गराई कामदार आपुर्ति गरेपनि अधिकांस कम्पनीले कम तलव दिदै आएको छ । दूतावासले कतार सरकारसँग कम्पनीबाट भइरहेको छलबारे तथ्यसहित पहलकदमी गर्न नसक्दा नेपाली कामदार तोकिएको तलव पाउन वञ्चित हुदै आएका छन् । ‘नेपाली दूतावासले तलव दिलाउन प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकारसँग अनिवार्य रुपमा आवश्यक कानुनी परामर्श गरी कार्यान्वयन गर्न अनुरोध गर्दछ,’ मञ्चको ज्ञापनपत्रमा भनिएको छ ।

मञ्चले अशिक्षित नेपाली श्रमिकले बैदेशिक रोजगारीको शिलशिलामा म्यानपावर कम्पनीबाट नक्कली श्रम सम्झौता दिई  अनावश्यक झुटो प्रलोभन देखाई ठुलो रकम असुल गरी सम्बन्धित व्यत्तिले यहाँ आएर कम्पनी फेला नपार्नु, तोकिएको तलव सुबिधा नपाउनु, अलपत्र पर्नु जस्ता सम्बेदनशिल विषयमा दूतावासको ध्यानकर्षण जनाएको छ ।

मञ्चले नेपालीको प्रमुख गन्तब्य बन्दै गएको कतारमा दक्ष कामदार ल्याउने वातावरण बनाउनुपर्ने, कतारबाट सम्भावना रहेको पूजीको श्रोत, लगानीकर्तालाई नेपालमा रहेका विभिन्न क्षेत्रमा रहेका उच्च सम्भावना भएका क्षेत्रमा सुरक्षित लगानीको लागि विषेश पहल तथा समन्वय गर्नुपर्ने, नेपाली विद्यार्थीको लागि विद्यालय स्थापना र नेपाली कला केन्द्रको खोल्नुपर्ने बिषयलाई उठाएको छ ।

मञ्चले नेपाली नियोगको दैनिक कार्यसम्पादनमा सेवाग्रहीबाट हुने गरेका केहि गुनासाहरुप्रति व्यबहारिक नभएको गुनासाहरुलाई समाधान गर्न समेत अनुरोध गरेको छ ।

‘आर्थिक कूटनीतिक विविध पहलका विषयमा समेत ध्यान दिनु पर्ने, पर्यटन प्रवद्र्धन, लगानी, बैदेशिक सहायता, बैदेशिक व्यापार, विकासका लागि साझेदारी जस्ता गहन विषयमा कुटनीति नियोगले ध्यान पुँर्‍याउँदै आवश्यक पहल गर्नु पर्ने’ मञ्चको सुझाव छ ।

होम कार्की/कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button