निकिता चन्दक बनिन् मिस नेपाल २०१७

मिस नेपाल २०१७ ताज निकिता चन्दक जितेकी छिन् ।हिजो राती सम्पन्न फाईनल प्रतिस्पर्धा १९ प्रतिस्पर्धीलाई पछि पार्दै नितिले मिस नेपालको ताज पहिरिएकी हुन् ।

होटल अन्नपूर्णमा भएको प्रतिस्पर्धामा मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल निति शाह र मिस एशिया प्यासिफिक इन्टरनेशनल सहारा बस्नेत भईन् । यस विधा मिस नेपालमा पहिलो पटक थपिएको हो । मिस नेपालको फाईनल प्रतिस्पर्धामा यसपटक चितवनबाट उरुषा अधिकारीले प्रतिनिधित्व गरेकी थिईन् । उनी टप १४ बाट बाहिरिन पुगिन् । चितवनबाट प्रतिनिधित्व गर्दै गतवर्षको मिस नेपाल अस्मी श्रेष्ठ बनेकी थिईन् भने त्यसअघि सृष्टि श्रेष्ठ मिस नेपाल भएकी थिईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो