खुला भलिबल प्रतियोगिता हुने

 

तमु प्ये ल्हु संघले इद अलफितरको अवसर पारेर खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।प्रतियोगितामा प्रथम,द्वितीय र तृतिय हुने टमलाई क्रमश: एक लाख पाँच हजार,७० हजार र ३५ हजार रुपैयाँ पुरस्कार दिइने संघले जानकारी दिएको छ।

संघको खेलकुद विभागकी संयोजक सर्दो प्याचु तमुले दिएको जीनकारी अनुसार वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका भलिबल प्रेमी नेपालीका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो।प्रतियोगिताईदको पहिलो दिनदेखि सनैया स्ट्रिट नम्बर ५४,लेफ्ट साइड कतार रेसिड़ क्लब नजिक साँझ ६ बजे बाट सुरु हुनेछ।

खेलन र हेरेर मनोरञ्जन लिनका लागि कतारमा कार्यरत नेपाली खेलाडी संघसस्था र नेपाली दादुभाइ तथा दिदीबहिनीलाई उपस्थितिका लागि आयोजकले आग्रह समेत गरेको छ।

राजधानी पत्रिका,कतार

खेल सम्बन्धि थप जानकारीहरु

खेलाडी टिमको दर्ताको लागी अन्तिम सम्पर्क मिति र समय: ईदको पहिलो दिन बेलुकी १० बजे भित्र |
भलिबल खेलका नियम हरु:-

१. खेल नकाउटको आधारमा खेलाइने छ |
२. खेल अन्तरराष्ट्रिय भलिबल महासंघ (FIVB)को अधिनमा रही भलिबल संघको नियमअनुसार Scoring Point system (TT) अनुसार खेलाइनेछ |

३. खेल क्वाटर फाइनल अबधि भर Best of Three मा खेलाइने छ भने सेमी फाइनल बाट Best of Five को आधारमा खेलाइने छ |
४. प्रत्येक टिममा १ मेनेजर, १ कोच, १ खेलाडी डाक्टर र ९ खेलाडी सहित १२ जना खेलाडी हुनुपर्नेछ |

५. टाइसिट गर्ने बेलामा प्रत्येक टिमको क्याप्टेन उपस्थित हुनुपर्नेछ |
६. टिम दर्ता गरि सकेपछी दर्ता शुल्क फिर्ता हुने छैन |

७. टाइसिट गर्नु भन्दा पहिला नै दर्ता शुल्क बुझाउनु पर्नेछ , यदि नबुझाएको खण्डमा खेलमा समाबेस गराउने छैन |
८. खेल अबधि भर सम्पूर्ण नियम रेफ्रीमा निहित हुनेछ |

९. सबै टिम तथा खेलाडीहरुले नियममा रही खेल्नु पर्नेछ |
१०. खेलमा प्रमुख रेफ्रीको निर्णय नै अन्तिम हुनेछ |

११. खेल नेपाल भलिबल संघ तथा छेत्रीय भलिबल संघबाट मान्यता प्राप्त राष्ट्रिय रेफ्रीहरु बाट संचालन हुनेछ |
१२. खेल अबधि भर मदिरा निषेधित रहनेछ, कसैले हो-हल्ला तथा झैँ-झगडा गर्न सख्त मनाही छ, यदि यस्तो भेटिएको खण्डमा आयोजकले कारबाही गर्नेछ |

१३. कुनै पनि टिम तथा खेलाडीहरु बाट खेलकुदको उच्च आदर्श एवं मर्यादा बिरुद्ध अनुशासित काम गरेमा उक्त टिम तथा खेलाडीलाई निर्णायक कमिटीले कारबाही गर्नेछ |

१४. खेलको सेमी फाइनल अबधि बाट १ जना खेलाडीलाई Man of the Match घोषित गरिनेछ | १५. समर्पण (वाक ओभर) : खेल संचालनको लागी दिईएको समय भन्दा १५ मिनेट पछी खेलाडीहरु खेल मैदान भित्र उपस्थित नभएमा नियम अनुसार अनुपस्थित टिमको समर्पण सम्झी उपस्थित टिमलाई बिजयी घोषित गरिनेछ | तपसिल मिति: ईदको पहिलो दिन देखि शुरु गरिनेछ l
स्थान: सनैया, स्ट्रिट नम्बर ५४, लेफ्ट साईड, Qatar Racing Club नजिकै l

समय: बेलुकी ६ बजे बाट   आयोजक :-तमु प्ये ल्हु संघ कतार(खेलकुद बिभाग)  
जानकारीको लागी सम्पर्क व्यक्तिहरु:- लिल कुमार तमु – 31343535, लालकाजि तमु – 77855498, चन्द्र तमु – 77413616, युद्धजंग तमु – 74764521, रन्जित तमु – 30059318, रबिन्द्र तमु – 33403831 , दिनेश परियार – 55545210, याम तमु (मिलन) – 66167638, कुमार तमु – 33819213, सागर सुनार – 70760891

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button