कुटनीतिक सम्बन्धको अन्त्यले सामान्य जीवनमा असर नपर्ने : कतार सरकार
साउदी अरेबिया लगायतका अन्य मुलुकहरुले कुटनीतिक सम्बन्ध अन्त्यको निर्णयलाई कतारको विदेश मन्त्रालयले अन्यायपूर्ण भनेको छ। मन्त्रालयले यसलाई तथ्यहीन तथा भ्रामक निर्णय भन्दै आलोचना समेत गरेको छ। विज्ञप्ती जारी गर्दे मन्त्रालयले यो निर्णय सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सार्वभौमिकत्तामा खलल पार्ने कार्य भएको बताएको छ।तर कतार पूर्ण रुपमा साउदी अरब र दुबई संग निर्भर नरहेको हुँदा सामान्य जीवनमा भने कुनै असर नपर्ने मन्त्रालयले बताएको छ ।
खाधान्नको अभाव नहुने
साउदी अरब,इजिप्ट,युएई र बहराइन संगको कुटनीतिक सम्बन्धको अन्त्यपछि कतारको सुपरमार्केटहरुमा खाधान्न सामानको अभावहुने अपवाह फैलिएपछि भिड बढेको छ ।
सुपरमार्केटहरुको अनुसार कतारमा धेरैजसो खाध्यान्न सामानहरु विश्वभरबाट आयात हुनेहुँदा कतारमा खाधान्न सामाग्रीको अभाव हुनेछैन । त्यस्तै बिबिसीको अनुसार कतारमा साउदी अरब बाट जम्मा ४० प्रतिशत मात्र खाधान्य सामानहरु आयात हुने जनाएको छ ।
कतार क्याबिनेटले विज्ञप्ती जारी गर्दै आयात तथा अन्य प्रयोजनका लागि जल तथा हवाईमार्ग विश्वभरबाट चल्ने हुँदा समस्या नहुने जनाएको छ । दैनिक जिवनमा अभाव हुन नदिन सरकारले आवश्यक कदम चाल्ने बताएको छ ।
त्यस्तै कतारको परराष्ट्र मामिला मन्त्रालयले पनि कुटनितीक सम्बन्ध अन्त्यको असर कतारी जनता तथा आप्रवाशीहरुको सामान्य जीवनमा नपर्ने बताएको छ । साथै सरकारले देशको सामाजिक तथा आर्थिक गतिवधिमा असर पर्न नदिन आवश्यक कदम अघि बढाउने वतव्यमा उललेख गरिएको छ ।
जनताको सञ्चार माध्यममा निगरानी : झुटो खबर
आन्तरिक मन्त्रालयले भोली देखि वासिन्दाहरुको फेसबुक,ह्वाट्सएप्प लगायतका हरेक किसीमको सञ्चार माध्यमहरुमा निगरानी राख्ने झुटो खबर भाइरल भईरहेको छ । यस्ता समाचारहरुमा ध्यान नदिन र सत्य तथ्य समाचारको लागि आधिकारीक माध्यम प्रयोग गर्न मन्त्रालयले सुझाव समेत दिएको छ ।
नेपाली राजदुतावास,कतार
हाल देखिएको समस्या बारे दुतावासले सम्बन्धित कतारको उच्च निकायसंग छलफल गरिरहेको र भोली सम्ममा सम्पूर्ण जानकारी आउने नेपाली राजदुतावास कतारका राजदुत रमेश प्रसाद कोइराला ज्यू ले जानकारी दिनुभएको छ । नेपालीहरुको अवस्था अब कस्तो हुने भन्ने विषयमा अहिले दुतावास आधिकारिक रुपमा अगाडि बढेको
र हाल “वेट एन्ड सी” अवस्थामा रहेको जानकारी दिनुभयो । दुतावासले नेपालीहरुको यस विषय गम्भीर रुपमा लिएको र सम्भवत: अवस्था सहज हुने आशा गरेको छ ।