कुटनीतिक सम्बन्धको समस्या बारे हिजो देखि के-के भयो?

शत्रु सिया राष्ट्र इरानको प्रशंसा गरेको र सुन्नी अतिवादी संस्था मुस्लीम ब्रदरहुडलाई समर्थन गरेको आरोपमा हिजो देखि साउदी अरब लगायतका छिमेकी राष्ट्रहरुले कतार संग कुटनीतिक सम्बन्ध विच्छेद गरेका छन् । तर कतारले भने कथित रुपमा इस्लामिक स्टेट वा कुनै प्रकारको चरमपन्थीको समर्थन गरेको आरोप अस्विकार गर्दै यो कदमलाई अन्यायपूर्ण र अनुचित बताएको छ र एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सार्वभौमिकतामा खलल पुर्याएको भन्दै कतारको विदेश मन्त्रालयले हिजो विज्ञप्ती जारी गरिसकेको छ ।
के के भयो हिजो देखि ?
सोमबार, बिहान ५ः५०मा बहराइनले सम्बन्ध तोड्यो
आतंकवादको समर्थन गरेको भन्दै सबैभन्दा पहिला हिजो बहराइनको परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै कतार संगको कुटनीतिक सम्बन्धको अन्त्य गरेको थियो । साथै मन्त्रालयले कतारमा रहेका आफ्ना कुटनीतिज्ञहरुलाई ४८ घन्टा भित्र स्वदेश फिर्ता बोलाएको थियो र आफ्नो देशमा भएको कतारी कुटनीतिज्ञहरुलाई पनि सोही निर्णय सुनाएको थियो ।
६ बजे साउदी अरबले सम्बन्ध तोड्यो
साउदी राज्य बाटै सञ्चालित साउदी प्रेस एजेन्सीले आतंकवाद संगको संग्लनता भएको आरोप लगाउँदै कतार संगको सम्बन्ध बिच्छेद गरेको वक्तव्य जारी गर्यो । त्यस्तै साउदीले एमनमा जारी द्धन्द बाट कतारी सेनाको उपस्थीतीलाई पनि हटाएको छ । कतार न्यूज एजेन्सी ह्याक भएदेखि नै साउदी र कतारको बिचको सम्बन्ध चिसीएको थियो ।
६ः१० मा युएई र इजिप्टले पनि तोड्यो सम्बन्ध
युएई र इजिप्टले पनि लगत्तै कतार संगको कुटनीतिक सम्बन्धको अन्त्य गरेको आ आफ्नै देशको संञ्चार माध्यमहरुबाट घोषणा गर्यो ।
८ः३५ मा इतिहादले कतारका लागि सबै उडानहरु बन्द गर्यो
इतिहाद एयरवेजले आज मंगलबार बाट कतार संगको सम्पूर्ण आउने जाने उडान बन्द गर्ने सुचना प्रकाशित गर्यो । कुनै कारण नदेखाइ एयरवेजले अर्को सुचना जारी नहुन्जेल उडान बन्द गर्ने सुचना दियो ।
९ः५५ मा कतारको विदेश मन्त्रालयले विज्ञप्ती
कतारको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै कतारले कथित रुपमा इस्लामिक स्टेट वा कुनै प्रकारको चरमपन्थीको समर्थन गरेको आरोप अस्विकार गर्दै यो कदमलाई अन्यायपूर्ण र अनुचित बताएको छ र एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सार्वभौमिकतामा खलल पुर्याएको भनेको छ ।
१०ः०० मा अमेरिकी दुतको सुझाब
अमेरिकी दुत रेक्स टिल्लरसनले सिड्नीमा सञ्चार माध्यमहरु संगको अन्तरक्रियामा गल्फ राष्ट्रहरु एक हुन पर्ने बताउनुभयो । कतारमा मध्यपूर्व कै सबैभन्दा बढी अमेरिकी सैनिक छन् ।
१०ः२० मा इमिरेट्सको उडान बन्द गर्ने सुचना
दुबईको इमिरेट्स एयरलाइन्सले कुटनीतिक सम्बन्धको समस्या देखाउँदै आफ्नो वेबसाइट मार्फत कतार संगको सबै उडान बन्द गर्ने सुचना प्रकाशित गर्यो ।
१ः३० मा साउदी संग जल,स्थल र हवाई मार्ग बन्द
साउदी बोर्डरमा कतार प्रवेश गर्न लागेका ट्रकहरुको लाइन लागेको समाचार आएको केही बेरमै साउदी यतायत अधिकारीले कतार संगको जल,स्थल र हवाई मार्ग बन्द गरेको स्पष्ट पारे ।
२ः३०मा हफ्तारले तोड्यो सम्बन्ध
लिबियामा रहेका तीन प्रतिपक्ष सरकार मध्ये खलिफा हफ्तार द्धारा सन्चालित हफ्तारले आतंकवाद संगको मेलमिलापको कारण देखाउँदै सम्बन्ध तोडेको घोषणा गर्यो ।
३ः१० मा इजिप्टले पनि तोड्यो सम्बन्ध
इजिप्टले सम्बन्ध समाप्त गर्दै कतारी कुटनीतिज्ञहरुलाई ४८ घन्टा भित्र देश छोड्न आदेश सुनायो र आफ्ना कर्मचारीहरुलाई दुई दिन भित्र स्वदेश फर्कन सुचना दियो ।
३ः१४ मा माल्दिभ्सले तोड्यो सम्बन्ध
माल्दिभ्सले पनि आतंकवाद संग संग्लनताको कारण देखाउँदै सम्बन्ध तोडेको घोषणा गर्यो ।
३ः३० मा इरानले गर्यो वार्ताको आव्हान
इरानले कतारको समर्थन गर्दै विदेश मन्त्रालयको वेबसाइट मार्फत निश्पक्ष वार्ताको आव्हान गर्यो भने बढ्दै गरेको छिमेकीहरुको समस्याले खाडी क्षेत्रको सबै राष्ट्रमा असर पुग्ने विज्ञप्ती जारी गर्यो ।
३ः३० मा युएईमा जल मार्गमा निषेध
युएईमा रहेको फुजैरह बन्दरगाहमा कतारी जहाजहरुलाई प्रवेशमा रोक लगाएको जानकारी दियो ।
४ः०० मा इरान बाट खाधान्नको जाहाज हिड्यो
इरान बाट खाधान्न बोकेको जहाज कतारमा पठाईयो । जहाज १२ घन्टा भित्र कतार पुग्ने युनियनका प्रमुख रेजा नौरानीले खबर दियो ।
४ः४० मा टर्कीद्धारा दुःख व्यक्त
सम्बन्ध समस्या बारे टर्कीले दुःख व्यक्त गर्यो । टर्कीले समस्याको हल गर्न कतारलाई सहयोग गर्न तत्पर रहेको बताएको छ । खाडी राष्ट्रको एकता नै आफ्नो पनि एकता रहेको टर्कीको विदेश मन्त्रीले प्रेस सम्मेलनमा भनेको थियो ।साथै समस्याको हल गर्न टर्कीले आवश्यक प्रक्रियामा अगाडी बढीरहेको जानकारी दियो ।
५ः१० मा इजिप्टले हवाई तथा जल मार्ग बन्द गर्यो
राष्ट्र सुरक्षको निमित्त इजिप्टले कतार संगको सम्पूर्ण हवाई तथा जल मार्ग बन्द गरेको त्यहाँको विदेश मन्त्रालयले वत्तव्य जारी गर्यो ।
५ः४० मा साउदी बन्दरगाहमा कतारी जहाज प्रवेशमा रोक
साउदी बन्दरगाह अधिकारीले आफ्नो सिपिङ्ग एजेन्टहरुलाई कतारी झन्डा बोकेको वा कतारी जहाज,कतारी कम्पनी वा नागरिकले संचालन गरेको जहाजमा प्रतिबन्ध गरेको जानकारी दियो ।
६ः२५ मा साउदीमा अल जजिराको कार्यलय बन्द
साउदी मिडिया अनुसार त्यहाँ रहेको कतारको अल जजिरा मिडियाको सम्पूर्ण नेटवर्कहरु बन्द गरेको जानकारी दियो ।
७ः३० मा इजिप्टले आज देखि उडान बन्द गर्ने
इजिप्टको नागरिक उड्डयन मन्त्रालयले मंगलबार बिहान ४ बजे देखि कतार संगको सबै उडान बन्द गर्ने घोषण गर्यो ।
८ बजे अमेरिकी सैनिक नसर्ने
खाडी राष्ट्रको समस्या देखिएपनि कतार बाट अमेरिकी सैनिकको गण सार्ने योजना नरहेको अमेरिकी सैनिक केन्द्रिय कमान्डले जानकारी दिएको छ । साथै सैनिकको विज्ञप्तीमा कतारको एयरबेस बाट अमेरिकी सैनिक विमान अफगानस्तान,इराक र सिरीयामा उडान गर्ने जानकारी दियो ।
८ः३० मा साउदी बैंकले कतारी रियाल बिक्री गर्न आदेश दियो
साउदीको केन्द्रिय बैंकले आफ्नो स्थानिय बैकंहरुलाई कतारीरियाल बिक्री गर्न र खरिद नगर्न आदेश दियो ।
स्रोत: अल जजिरा
थप समाचार अपडेट भईरहेको छ ।