१२ हजारले ल्याए प्लस ग्रेड, यसरी हेर्न सकिन्छ एसइईको नतिजा

एसइई परीक्षा २०७३ को नतिजा सार्वजनिक भएको छ । कुल ४६२१३६ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए । नियमित तर्फ ४४५५६४ विद्यार्थी सहभागि भएको परीक्षा बोर्डले जनाएको छ ।
नियमित तर्फ १२ हजार दुई सय ८४ जनाले ए प्ल ग्रेड ल्याएका छन् । ४२ हजार ४ सय २७ ले ए ग्रेड ल्याएका छन् । ५० हजार ६ सय १६ ले बि प्लस ल्याएका छन् । ६१ हजार ९ सय ५५ ले बि ग्रेड ल्याएका छन् । ९१ हजार ३ सय १४ ले सि प्लस ग्रड ल्याएका छन् । १ लाख ८ हजार ४ सय ६४ जनाले सी ग्रेड ल्याएका छन् ।
ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।
नतिजा हेर्नका लागि
- http://slc.ratopati.com/
- http://see.ntc.net.np/
- http://inheadline.com/
- www.ncell.axiata.com
- http://www.meroshikshya.com/
- http://lokaantar.com/seeresult
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो