नेपाली दूतावास र श्रम मन्त्रालयबीच संयन्त्र बनाइने

कतारमा कार्यरत नेपाली कामदारको श्रम मामिलासम्बन्धी समस्यालाई सम्बोधन गर्न नेपाली दूतावास र श्रम मन्त्रालयबीच संयन्त्र बनाइने भएको छ ।

कतारका लागि नेपाली राजदूत रमेश कोइराला र कतारका प्रशासकीय विकास, श्रम तथा सामाजिकमन्त्री डा. इशा साद अल जफैल अल–नुएमीबीच संयन्त्र वनाइने बिषयमा छलफल भएको थियो । ‘दुई निकायबीच पीडितलाई छिटो सम्बोधन गर्न संयन्त्र बनाउने कुरा भयो,’ दूतावासका एक अधिकारीले कान्तिपुरलाई भने,‘यो छुट्टै कार्यान्वयनमा ल्याइनेछ ।’

राजदूत कोइरालाले कतारमा नेपाली कामदारले भोगिरहेका समस्याका बारेमा सामाजिक मन्त्री इशा सादलाई जानकारी गराएका थिए । मन्त्री सादले नेपाली कामदारले भोगेका समस्या समाधान गर्न कतार सधैं लागिपरेको बताए । ‘नेपालले राखेको विषयमा हामी सधैं सहयोग गर्न तयार छौं,’ मन्त्री सादको भनाइ उद्धृत गर्दै ती अधिकारीले भने ।

भेटघाटमा नेपाल र कतारबीच हुन गइरहेको श्रम सम्झौतालाई परिमार्जन गर्ने विषयमा छलफल भएको थियो । त्यसको विषयमा छिट्टै  दुई देशका अधिकारीहरु सम्मिलित प्राविधिक समितिको बैठक बसेर टुङ्याउने  भएको छ ।

स्रोत :कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button