आज १०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, कात्तिक ३०-
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । साताको अन्तिम कारोबार दिन बजारमा सुनको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० सय रुपैयाँले बढेको छ । यो सँगै आज सुन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो