मन्त्रालयले एसियन टाउन र अल खोरमा कार्यक्रम गर्दै

आन्तरिक मन्त्रालयले आज र भोली ईद अल फित्रको अवसर पारेर जनचेतना तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ ।अप्रवासी कामदारहरुमा लक्षितगरि मन्त्रालयले अहिले केही बेरमै औधोगिक क्षेत्रमा रहेको एसियन टाउनमा कार्यक्रम गर्न लागेको हो ।

त्यस्तै बर्वा ग्रुपले पनि आज र भोली इदको अवसरमा अल खोर औधोगिक क्षेत्रको बर्वा वर्कस स्पोर्टस कम्प्लेक्समा कार्यक्रम आयोजना गर्दैछ ।

कार्यक्रममा मन्त्रालय अन्र्तगतको ट्राफिक,सिभिल डिफेन्स,कम्युनिटी पुलिस,अल फजा प्रहरी,लागुऔषध तथा मदिरा मामिला विभाग,सर्च एन्ड फलो अप विभाग र मानव अधिकार विभागहरुको सहभागिता रहनेछ ।

अप्रवासी कामदारहरुलाई पैदल यात्रुको सुरक्षा,ट्राफिक सुरक्षा,लागुऔषध प्रयोगको जोखिम,कतार प्रवेश गर्दा अरुको सामान ल्याउँदाको जोखिम,कतारमा औषधीको प्रक्रिया,आइडी बोक्नको महत्व,दुर्घटना स्थलमा जम्मा हुँदा र त्यसको फोटो खिच्दाको जोखिम,कतारको रिवाज र संस्कृति आदि बारे जनचेतनामूलक कार्यक्रम गरिदैछ ।

कार्यक्रममा कामदार तथा समुदायका बासिन्दाहरुलाई गायन तथा नाटकमा आफ्नो कला देखाउन समेत अवसर दिइनेछ । त्यस्तै दुईदिने कार्यक्रममा गोलाप्रथाद्धारा ७०० भन्दा बढी पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button