भारतबाट पनि आयो खाधान्नको पानी जहाज

भारत कतार एक्सप्रेस सर्भिस(आइक्युएक्स) द्धारा संचालित दुई पानी जहाज मध्ये पहिलो जहाज कतार आईपुगेको जानकारी कतार पोर्ट व्यवस्थापन कम्पनी (म्वनी) ले शनिबार दिएको छ । खाधान्न संगै दैनिक उपभोग्य सामान बोकेको जहाज भारतको नव शिवा वन्दरगाह बाट सिधै कतार आएको हो ।त्यस्तै ओमानको पौल अब्राव बाट पनि अर्को जहाज आएको म्वनीले एक विवरणमा भनेको छ ।


भारतबाट नयाँ मार्ग हुँदै झण्डै ७१० बढी कन्टेनर बोक्ने क्षमता भएको जहाज अब हरेक शुक्रबार कतार आउने कतारको यतायात तथा सञ्चार मन्त्रालयले केही दिन अघि जानकारी दिएको थियो ।साथै नव शिवा र मुन्द्रा बन्दरगाहले स्थानिय कार्गो तथा देशीय कन्टेनर डिपोट(आइसिडी) सम्हाल्नेछ ।

त्यस्तै टर्कीको पश्चिमी क्षेत्र इज्मिर बाट पनि ४ हजार टन बराबरको खाधान्न बोकेको पानी जहाज बिहीबार कतार प्रस्थान गरिसकेको छ । जहाज १० दिन भित्र कतार आइपुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button