नेपाली धानुक समाज,कतारद्वारा बृहत बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाली धानुक समाज, कतारद्वारा बनभोज तथा ईदको शुभकामना आदान प्रदान कार्यक्रम गत सोमबार सहानिया स्थित अल दोसरी पार्कमा भव्यताका साथ सम्पन्न गरेको छ।कार्यक्रममा दोहा कतारमा कार्यरत व्यबसायी,बुद्धिजीवी, समाजसेवी लगायत २०० भन्दा बढी महानुभावहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
“सम्पूर्ण नेपाली धानुकहरुको एकता, अहिलेको आवश्यकता” भन्ने मूल नाराका साथ एतिहासिक बनभोज कार्यक्रम समाजका अध्यक्ष श्री राम कुमार मण्डलको अध्यक्षतामा सु-सम्पन्न भएको थियो।त्यस्तै कार्यक्रमको उद्घाटन अध्यक्ष श्री राम कुमार मण्डल द्वारा गरिएको थियो।साथै सम्पूर्ण धानुकहरुलाई नेपाली धानुक समाज, दोहा कतारको सदस्यता लिन अपिल पनि गरिएको थियो।
त्यसैगरी कार्यक्रममा उपस्थित बुद्धिजीवी,व्यबसायी,समाजसेवी,विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा सम्पुर्ण महानुभावहरुलाई समाजले धन्यवाद ज्ञापन गरेको छ।

